साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भानुलाई सम्झँदा

भाषाको विकास खुब भा छ आमाबाले पनि ममड्याड नाम पाछ तिम्रो जस्तो भाषा बोले भने त मान्छे मात्र हैन भेडा बाख्रा नि हाँस्छन् अचेल कुखराको भाले अङ्ग्रेजीमा बास्छन् ।

Nepal Telecom ad

प्रेम वली ढकलपुरे :

खै के भनम भानु
तिमीलाई सधैं सम्झन्छु भन्दाभन्दै
तीन सय पैसट्ठी दिनमा एक दिन आउँछ
त्यही दिनमा पनि नातिले पप सुनाउँछ
नातिनीले ड्रम बजाउँछे पनातिले र्याप गाउँछ
बाँकी दिन रामायण पढ्न कले भ्याउँछ ?

त्यो बेला जनताको हालत जस्तो थ्यो आज नि उस्तै छ
रुप अली अली फरक होला तर कथा ब्यथा उस्तै छ
तिम्रो पालामा छोरो पल्टनमा जान्थ्यो
आज छोरो खाडीतिर जान्छ
त्यो बेला पाउन्डलिङ् डलर खान्थ्यो
अहिले रियाल, दिनार खान्छ
त्यो बेला मुग्लान नपसी भात पाक्दैनथ्यो
अहिले अरब नबसी भात पाक्दैन
चागडी चाप्लुसी नि उस्तै छ
यो नगर्नेको त कतै केही लाग्दैन
चाकडी गर्न सक्ने रिठे पनि कुलपति बन्छ
नगर्ने त देवकोटै भए पनि झुलपति हुन्छ ।

देशको अवस्था पनि उस्तै छ
तिम्रो पालामा भिरबाट मान्छे मात्र खस्थ्यो
हाम्रो पालामा बस समेत खस्छ
तिम्रो पालामा बाटोमा घोडा फस्थ्यो
हाम्रो पालामा मोटर गाडी नै फस्छ
तिम्रो पालामा गाउँमा मात्र बाढी छिर्थ्यो होला
अहिले त बाढी सहरमा पनि पस्छ
अर्थको कुरा गर्ने हो भने अहिले
नेता बाहेक सबैले खरानी घस्छ ।

अरु त यस्तै हो
भाषाको विकास खुब भा छ
आमाबाले पनि ममड्याड नाम पाछ
तिम्रो जस्तो भाषा बोले भने त
मान्छे मात्र हैन भेडा बाख्रा नि हाँस्छन्
अचेल कुखराको भाले अङ्ग्रेजीमा बास्छन् ।

०००
दाङ, हाल काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x