साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शहीदकाे सम्झना

भै सिद्धान्तविहीन हीनमतिको बन्दैन कस्तै परे प्राणोत्सर्ग समेत गर्न नहटी उद्देश्यमा डट्छ रे ! उत्साहीपन वीरता अमरता निष्ठा प्रशंसा गरौँ योद्धा, वीर शहीदको स्मरणमा श्रद्धा र आस्था भरौँ ।

Nepal Telecom ad

प्रल्हाद पाेखरेल :

आस्थासाथ डटेर हिँड्छ जगमा सर्वोपकारी बनी
निष्ठासाथ खटेर निर्भय रह्यो भै स्वाभिमानी धनी
जल्ले जीवनमा न सङ्कुचनको सङ्कीर्ण बानी लियो
त्यो आदर्श शहीद प्रज्ज्वलित भो बाली उज्यालो दियो !

निस्वार्थीपनभित्र चित्रित गरी झन् क्रान्तिकारी छवि
भिड्दै गर्दछ नित्य सत्य जनको स्वातन्त्र्यको पैरवी
जो विश्वास अठोट लिन्छ मनमा डग्दैन कोहीसित
जस्तै दुर्घटना घटोस् समयको बन्दैन ऊ चिन्तित !

खाँटी चिन्तनशीलता मगजमा सत्कर्ममा जोश छ
प्यारो देश, समाज उन्नयनमा लाग्ने दरो होस छ
फाल्नै पर्छ भनी जरा विकृतिका उत्कृष्ट उद्घोष छ
जे छन् घातक चित्तवृत्ति तिनमा प्रत्यक्ष नै रोष छ !

सच्चा जोश र होस, रोषसितको उद्घोष बोक्ने जन
साराको उपकारमा रत रही भोग्ने सही जीवन !
इच्छाशक्ति अपूर्व उच्च दृढता कर्तव्यमा जागृति
झन्डा फर्फर पार्छ दिग्विजयको संसार सिङ्गै जिती !

भै सिद्धान्तविहीन हीनमतिको बन्दैन कस्तै परे
प्राणोत्सर्ग समेत गर्न नहटी उद्देश्यमा डट्छ रे !
उत्साहीपन वीरता अमरता निष्ठा प्रशंसा गरौँ
योद्धा, वीर शहीदको स्मरणमा श्रद्धा र आस्था भरौँ ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा

आमा

प्रल्हाद पोखरेल
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
आँखा

आँखा

प्रल्हाद पोखरेल
साहित्य – सञ्जीवनी

साहित्य – सञ्जीवनी

प्रल्हाद पोखरेल
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x