गायत्री परिरोशनीबोक्सीका ताजा बात- (१)
आफ्नो गल्ति देखाउने पावरवाला चश्मा बनेको छैन साथी संसारकै ठूलो हुनलाई नैतिकता बेचेर इज्जत कमाउनुपर्छ ॥

गायत्री लम्साल :
अब त हामी सबै जना मस्तले रमाउनुपर्छ ।
एकैपटक १० वटा प्रधानमन्त्री जमाउनुपर्छ ।
सिङ्गल परिवारकै पाँच वटा दल दर्ता गरी
बेरोजगार भन्ने ठूलो कुरोलाई भगाउनुपर्छ ॥
आफू भित्रको एटम बमले छिमेकीको घर जलाउनुपर्छ
जब सर्छ डढेलो आफ्नो घरमा पौरख मानी समाउनुपर्छ ।
आफ्नो गल्ति देखाउने पावरवाला चश्मा बनेको छैन साथी
संसारकै ठूलो हुनलाई नैतिकता बेचेर इज्जत कमाउनुपर्छ ॥
०००
स्याङ्जा
Subscribe
Login
0 Comments
Oldest








































