साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा सत्य, आधा भ्रम – ४६

कर्किनी बुइनीको कोरली अनुहार र गौडेलनी बुइनीको गड्यौली अनुहार जहाँ–जहाँ कार्यक्रम हुन्छ, त्यहाँ–त्यहाँ गएर हेरिदिनुहोला। तपाईं हाँस्नुभएन भने टिकटबापतको रकम भँडुले फिर्ता दिनेछन्।

Nepal Telecom ad

अर्जुन दाहाल (क) :

आफ्नै कर्मदेशको खुराकले आज मन तान्यो। तानिनुपर्ने कारण चाहिँ विष्णुमाया गौडेल बुइनी र सुमना कार्की बुइनी अमेरिका आएका छन् । मेरा यी दुवै बुइनी भए पनि कर्किनी बुइनी गौडेलेनी बुइनी उमेरले ६ महिनाले दिदी पर्छिन्। स्याङ्जाकी गौडेलनी र झापाकी कर्किनीलाई काठमाडौंमा भँडुले हँसाउने जागिर दिएका छन्।

कसम, यी दिदी–बुइनी हँसाउन चाहिँ खप्पिस नै छन्। यिनीहरूले हँसाएका धेरै कार्यक्रममा हाँस्दा–हाँस्दा दर्शकहरूले सुरुवाल नै बिगारेका घटनासमेत छन् रे। अमेरिका आउनेबित्तिकै पहिलो कार्यक्रम नै मेरो गृह राज्य कनेक्टिकटमा थियो। मैले नै कार्यक्रम सञ्चालन गरेको थिएँ।

कार्यक्रम चल्दै गर्दा दर्शक दीर्घाबाट अचानक झन् ठूलो हाँसो सुनियो। म ब्याकस्टेजबाट यसो चिहाएँ— कर्किनी बुइनीको साडी नै भुइँमा रहेछ। धन्न मेरो दिमाग छिटो चलेकोले ब्याकस्टेजबाटै स्टेजको बत्ती निभाइदिएँ। समस्या एक सेकेन्डमै समाधान।

अमेरिकाभर दिदी–बुइनीका २७ वटा शो पक्का भइसकेका छन्। अचम्मको कुरा के भने, यी दिदी–बुइनीले छरछिमेक, इष्टमित्र, आफन्त— कुरा नकाटेको कोही छैन। त्यही कुरा काटेर हँसाउने यिनीहरू कहिलेकाहीँ बुवा उमेरको लवजमा दर्शकलाई रुवाउन पनि खप्पिस छन्।

फलफूलमा सुन्तला मन पराउने यिनीहरूले नेपालबाटै चारवटा सुन्तला बोकेर आएका छन् रे। आयोजकसँग यिनहरूको पहिलो माग नै “सुन्तला चाहियो” भन्ने हुने रहेछ।

कर्किनी बुइनीको कोरली अनुहार र गौडेलनी बुइनीको गड्यौली अनुहार जहाँ–जहाँ कार्यक्रम हुन्छ, त्यहाँ–त्यहाँ गएर हेरिदिनुहोला। तपाईं हाँस्नुभएन भने टिकटबापतको रकम भँडुले फिर्ता दिनेछन्।

०००
(व्यङ्ग्य लेखक दाहाल “नुन–चिनी–पानी अमेरिका” का परिकल्पनाकार हुन् ।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अबसुखीकरण कार्यक्रम:

अबसुखीकरण कार्यक्रम:

अर्जुन दाहाल (क)
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
आधा सत्य : आधा भ्रम- ५०

आधा सत्य : आधा...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम- ४९

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४८

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x