सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नयाँ वर्ष

नयाँ वर्ष दुर्धर्ष सङ्घर्ष छोडी नयाँ हर्ष उत्कर्षमा जुर्मुराओस् दुराशा निराशा जरैबाट तोडी नयाँ वर्ष आनन्दले मुस्कुराओस् ।

Nepal Telecom ad


नयाँ भावनाको बिहानी उघारी
हिजोका समस्या सबै चूणर् पारी
नयाँ वर्ष आओस्, नयाँ हर्ष छाओस्
सबैतर्फ आशा, भरोसा पलाओस्


नहोस् दुष्ट बोली र माया बिरानो
नयाँ जोस जागोस्, नहोस् चित्त सानो
बनोस् भव्य नेपाल जीवन्त रानो
नहोस् व्यर्थमा ज्यान हाम्रो अचानो !


नयाँ सिर्जना होस्, दिगो शान्ति छाओस्
सुखी जिन्दगीको नदी कल्कलाओस्
खुलोस् याम नौलो लिई घामपानी
सधैँ धप्पपाओस् सुनौलो जवानी


कतै क्रूर आतङ्क हिंसा नआओस्
नयाँ रोशनीसाथ आभा उदाओस्
सबैतर्फ सद्भाव सम्पूणर् छाओस्
युवाशक्ति ऊर्जा बनी जुर्मुराओस्


जराजीणर् बासी उदासी विचार
नयाँ वर्ष आएर टाढा लघारोस्
बनून् ऊर्ध्वगामी सबै होसियार
कसैले कुनै युद्ध हार्दै नहारोस् !


वितण्डा परै होस् नहोस् भागवण्डा
उठोस् फर्फराएर रङ्गीन झण्डा
हटी दुष्टतासाथको बेइमानी
बनून् स्वाभिमानी र सारा इमानी !


नयाँ वर्ष दुर्धर्ष सङ्घर्ष छोडी
नयाँ हर्ष उत्कर्षमा जुर्मुराओस्
दुराशा निराशा जरैबाट तोडी
नयाँ वर्ष आनन्दले मुस्कुराओस् ।

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पृथ्वीलाई चिठी

पृथ्वीलाई चिठी

प्रल्हाद पोखरेल
लेखनीका गुरु

लेखनीका गुरु

प्रल्हाद पोखरेल
आमा !

आमा !

प्रल्हाद पोखरेल
सुनौलो बिहान

सुनौलो बिहान

प्रल्हाद पोखरेल
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल