साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ वर्ष

नयाँ वर्ष दुर्धर्ष सङ्घर्ष छोडी नयाँ हर्ष उत्कर्षमा जुर्मुराओस् दुराशा निराशा जरैबाट तोडी नयाँ वर्ष आनन्दले मुस्कुराओस् ।

Nepal Telecom ad


नयाँ भावनाको बिहानी उघारी
हिजोका समस्या सबै चूणर् पारी
नयाँ वर्ष आओस्, नयाँ हर्ष छाओस्
सबैतर्फ आशा, भरोसा पलाओस्


नहोस् दुष्ट बोली र माया बिरानो
नयाँ जोस जागोस्, नहोस् चित्त सानो
बनोस् भव्य नेपाल जीवन्त रानो
नहोस् व्यर्थमा ज्यान हाम्रो अचानो !


नयाँ सिर्जना होस्, दिगो शान्ति छाओस्
सुखी जिन्दगीको नदी कल्कलाओस्
खुलोस् याम नौलो लिई घामपानी
सधैँ धप्पपाओस् सुनौलो जवानी


कतै क्रूर आतङ्क हिंसा नआओस्
नयाँ रोशनीसाथ आभा उदाओस्
सबैतर्फ सद्भाव सम्पूणर् छाओस्
युवाशक्ति ऊर्जा बनी जुर्मुराओस्


जराजीणर् बासी उदासी विचार
नयाँ वर्ष आएर टाढा लघारोस्
बनून् ऊर्ध्वगामी सबै होसियार
कसैले कुनै युद्ध हार्दै नहारोस् !


वितण्डा परै होस् नहोस् भागवण्डा
उठोस् फर्फराएर रङ्गीन झण्डा
हटी दुष्टतासाथको बेइमानी
बनून् स्वाभिमानी र सारा इमानी !


नयाँ वर्ष दुर्धर्ष सङ्घर्ष छोडी
नयाँ हर्ष उत्कर्षमा जुर्मुराओस्
दुराशा निराशा जरैबाट तोडी
नयाँ वर्ष आनन्दले मुस्कुराओस् ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा

आमा

प्रल्हाद पोखरेल
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
शहीदकाे सम्झना

शहीदकाे सम्झना

प्रल्हाद पोखरेल
आँखा

आँखा

प्रल्हाद पोखरेल
साहित्य – सञ्जीवनी

साहित्य – सञ्जीवनी

प्रल्हाद पोखरेल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x