साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ वर्षको हार्दिक शुभकामना !

बिनातेल बल्ने भए दीप हुन्थ्यो । बिनादोष मान्छे भए बुद्ध हुन्थ्यो । सधैँ मुक्त होस् रोष आक्रान्त हाम्रो ॥ नयाँ साललाई गरेँ प्रार्थना यो ॥

Nepal Telecom ad

नयाँ वर्ष आयो पुरानो हरायो ।
सबैमा खुसीको मुना फर्फरायो ॥
नयाँ चेतनाका नयाँ सिर्जना हुन् ।
नयाँ वर्ष स्रष्टाहरूका खुसी हुन् ॥१

थुनेका अँध्यारा खुलुन् ती दुवार ।
अहा ! भन्नसक्ने बनुन् यी मुहार ॥
उता कोइलीले भरुन् दिव्य वाणी ।
यता मक्खपर्दै बसुन् स्वस्थप्राणी ॥२

सधैँ बाल हाँसुन् र वृद्धा रमाउन् ।
भला वृद्ध देखूँ र सन्ताप भागुन् ॥
कतै खिन्नतामा नहोस् बास हाम्रो ।
सधैँ उर्वराले रमोस् भूमि हाम्रो ॥३

बसुन् प्रीत बाँडी सबै प्रेमिकाले ।
र सद्भाव जागोस् प्रिया तिर्सनाले ॥
गरौँ प्रेम चोखो र बन्धुत्व जागोस् ।
नयाँ वर्ष हाम्रो खुसीमा रमाओस् ॥४

बिनातेल बल्ने भए दीप हुन्थ्यो ।
बिनादोष मान्छे भए बुद्ध हुन्थ्यो ।
सधैँ मुक्त होस् रोष आक्रान्त हाम्रो ॥
नयाँ साललाई गरेँ प्रार्थना यो ॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x