साइबर अपराध सम्बन्धी सचेतना सामग्री

असोचनिय पीडा

छोरीले  बुवा मसँग पच्चीस हजार छ। नपुग तीन लाखमात्र हजुरले चेक काटे पुग्छ भनिन्। केहिबेरमै नातिले बाईबाई हजुरबुबा भन्दै स्कुटर हुँइक्यायो।

Nepal Telecom ad

आर.सी. रिजाल :

कृष्णलालको लगातार तीन छोरी जन्मेपछि श्रीमतिको सहमतिमा नियोजन गरे। छोरिहरुको शिक्षादीक्षापछि बिहेबारी भयो । होनहार दैब नटार भनेझै श्रीमतिको ६५ वर्षमै निधन भयो । वार्षिकीपछि छोरीहरुले हजुरको शेषपछि सम्पत्ति पाउने हामीनै हौँ । हामी हजुरलाई ४/४ महिना राम्रोसँग रेखदेख गर्छौ भने। ज्वाइँहरुको पनि उस्तै ढिपी गरेकाले हार्न नसकी घरघडेरी बिक्रि गरेर आफूसहित चार भाग लगाए।

पहिलो चार महिनाको लागि जेठीछोरीले लगिन्। छोरीको घरपरिवारका सबैबाट अपार माया पाएकाले कृष्णलाल गदगद थिए । चार महिना पुग्नु अगाडि छोरीले हस्तलिखित एकपन्ना कागज बुवा राती हेर्नुहोला भनी टेबुलमा राख्दिन् । कागज हेरेपछि बुढा छाङाबाट खसेझैँ भए। त्यसमा कोठाभाडा, खाना, नाना, औषधि आदि गरेर एकलाख साठी हजारको हिसाब लेखिएको थियो। कृष्णलालको पेन्सन ती सहजार आउँथ्यो। त्यस रात केके स्वचे कुनि ? बिहानै चेक काटेर टेबुलमा राखिदिए।

माहिली छोरी समयमै लिन आइपुगिन् । कृष्णलालले साथी देबेन्द्रले हत्ते गरिराछ। १०/१५ दिन उसकहाँ बस्छु अनि तिम्रोमा आउँला भने । छोरीले जिद्दी गर्दै घरमै पुर्‍याइन् । तीन महिनापछि छोरिले– बुवा आज जेठो नातिको जन्मदिन, बजार गएर त्यसलाई सरप्राइज गिफ्ट किनिदिउँ । पैसा त मसँग छ। तैपनि पुगनपुग बुवाले चेकबुक बोक्नुहोला भनिन्। बुढा दंग परेर — हुन्छ भने। स्कुटर डिलरकहाँ पुगेर नतिले कलर च्वाइस गर्‍यो। छोरीले  बुवा मसँग पच्चीस हजार छ। नपुग तीन लाखमात्र हजुरले चेक काटे पुग्छ भनिन्। केहिबेरमै नातिले बाईबाई हजुरबुबा भन्दै स्कुटर हुँइक्यायो।

साथी देबेन्द्रको सल्लाह अनुसार कान्छीछोरीको पालो आउनु अघि नै बृध्दाश्रममा पुगे। पाँच वर्षपछि उनले देह त्यागे । छोरीज्वाइँहरु पुगेर बुवाको ट्याङ्काको साँचो मागे । अध्यक्षले शेषपछि आश्रमको भवन निर्माणको लागि पचास लाख प्रदान गर्नुभएको लिखत देखाउँदै भने — उहाँको पुण्य कार्य देख्दा र त्यस्ताको सन्तति हुन पाउदा तपाईंहरुमा कति गर्व महसुस भैरहेको होला। यो समय शोकलाई शक्तिमा बदली उहाँको आत्माको चिरशान्तिको कामना गर्ने हो भने।

छोरीज्वाइँहरु पनि असोचनीय पीडा बोकेर आआफ्नो घर फर्के।

०००
मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
फोहरी हात

फोहरी हात

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
वीरगति

वीरगति

आर.सी. रिजाल
किरियाखर्च

किरियाखर्च

आर.सी. रिजाल
दुर्व्यसनी

दुर्व्यसनी

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x