साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुण्य कार्य

छोराबुहारी पुण्य कार्यमा लागेको सुनेर हामी गदगद भएका थियौँ भन्दै बुढा आँखा टिलपिल पार्छन्। यता राहुल भने सुक्न लागेको धुपीको बोटमा पानी हाल्न थाल्छ्न्।

Nepal Telecom ad

आर.सी. रिजाल :

डेरामा बस्न आएका बुढाबुढीलाई घरधनी राहुलले आज फेरि धुकचुक मान्दै सोध्छ्न् — तपाईंहरु आफ्नो सन्तानबाट टाढा हुनुको कारण के होला ? बुढा हरिश्चन्द्रले — बाबुकोमा बसेको ६ महिना भयो। किस्ताकिस्ता गर्दै प्रश्न कोट्याएर हाम्रो आन्तरिक समस्या बुझ्न खोज्दै हुनुहुन्छ । हातमुख जोड्न हामीलाई पेन्सनले पुग्छ।बाबुले टेन्सन नलिए हुन्छ। लामो सवालजवाफ नगरी भन्ने हो भने एउटै छोरा भए तापनि सगोलमा बस्दा हामी बोझ भएको अनुभव गर्‍यौँ र टाढा भयौँ। चुरो कुरो यत्ति हो बाबु भने।

बुढाबुढीको सल्लाह अनुसार छुट्टीको दिन पारेर हरिश्चन्द्रले — बहालमा बस्नेलाई आफन्त झैँ किन माया प्रेम दर्साउनु हुन्छ ? तपाईंहरुको व्यबहारले हामी सन्तानलाई सम्झेर झन विह्व्ल हुन्छौं भने।

राहुलले — घरको म कान्छो छोरा हुँ । आमाबुबाको वात्सल्य मैले ८/१० वर्षसम्म पाएँ। बदलामा उहाँहरुको सेवा गर्ने मौका पाइनँ। तपाइँहरुमा मैले आफ्नै अभिभावकको रुप देखेँ र मेरा सन्तानले पनि हजुरबाआमा पाए। उनीहरु तपाईंबाट कथा सुन्न शनिबारको प्रतीक्षामा हुन्छन् । अस्ति स्कुलको प्यारेन्टस डेमा गैदिनु भएकोमा अरु साथिका झैँ हाम्रो पनि हजुरबाआमा हुनुहुन्छ भनी गर्व महसुस गरेका छ्न्। तपाईंहरुको पिडामा केहि मलम लगाउन सक्छु कि भन्ने आसय बाहेक अरु केही स्वार्थ छैन । छुट्टिएर बस्दा पनि सन्तानको याद त आउँदो हो । कहिलेकाही फोन त गर्छन् होला नि भने।

साह्रै न्यास्रो लागेर छोराको जन्मदिन पारेर अस्ति आफैंले फोन गरेको थिएँ। उनीहरुले–शिवरात्रीमा पशुपतिनाथको दर्शन गर्न काठमाडौं जादैछौँ भने। छोराबुहारी पुण्य कार्यमा लागेको सुनेर हामी गदगद भएका थियौँ भन्दै बुढा आँखा टिलपिल पार्छन्। यता राहुल भने सुक्न लागेको धुपीको बोटमा पानी हाल्न थाल्छ्न्।

०००
मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
फोहरी हात

फोहरी हात

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
वीरगति

वीरगति

आर.सी. रिजाल
किरियाखर्च

किरियाखर्च

आर.सी. रिजाल
दुर्व्यसनी

दुर्व्यसनी

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x