साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली साहित्य समाज र अनुशीलनको २५ औँ संयुक्त रचनावाचन

समाजका अध्यक्ष कविराज घिमिरेको अध्यक्षता र वरिष्ठ साहित्यकार डा. रमेश शुभेच्छुको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

Nepal Telecom ad

भक्तपुर, २०८२ माघ १७ । ·
यहाँ छौँ वहाँ छौँ जहाँ छौँ सुचाला
उता खेतबारी यता पाठशाला
छ स्रष्टाहरुकै मिठो गर्जना यो
यसै जाग्छ साहित्यको तिर्सना यो ।।

शनिबार भक्तपुर बुढ्यौली साहित्य समाज र अनुशीलन नेपालको २५ औँ संयुक्त रचनावाचन कार्यक्रम भक्तपुर सल्लाघारीस्थित अक्सफोर्ड प्राक्टिकल स्कुलमा सम्पन्न भयो ।

समाजका अध्यक्ष कविराज घिमिरेको अध्यक्षता र वरिष्ठ साहित्यकार डा. रमेश शुभेच्छुको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमका अतिथिमा मनोहरा साहित्य समाजका अध्यक्ष डिल्लीराज अर्याल र नोबेल साकोसका संस्थापक संयोजक राजनप्रसाद न्यौपाने हुनुहुन्थ्यो ।

कार्यक्रममा उपस्थित भएर कविता गजल मुक्तक गीत देउडा लगायतका रचनावाचन गर्नुहुने स्रष्टाहरूमा राजेन्द्रकुमार बज्राचार्य, ज्ञानराज सुवेदी, विद्या अनामिका तिवारी, दुर्गा घिमिरे विनोद खड्का, अनन्तकुमार बस्नेत, ढकाल शिखरनाथ, बेलकोटे कवि कृष्णप्रसाद पौडेल जस्ताघरे, राजबी पोख्रेल (सानीनानी), नेत्र घिमिरे, केशव ज्ञवाली आगत हुनुहुन्थ्याे ।

त्यसै गरी डा. टिपी बराकोटी, टीका मिलन, गोपिकृष्ण खतिवडा, सीता घिमिरे, देवीप्रसाद मिश्र, रचना दाहाल, शाश्वत पाण्डे (सानोबाबु), गोमा रेग्मी, सरला पोख्रेल, सरु जित कार्की, सङ्गीता खरेल सङ्गीत, तिलक गाउँले, प्रमुना पौडेल, राजन कार्की, श्याम माकजू, एमपी पाण्डे, गजेन्द्र बोहरा, दलबहादुर नेपाली, लालबहादुर भुजेल, आत्माराम न्यौपाने, कमला पौडेल, मधुसुर पराजुली, प्रजापति तिमल्सेना, पदम दहाल, राजनप्रसाद न्यौपाने, डिल्लीराज अर्याल, कविराज घिमिरेलगायतले रचना वाचन गर्नु भयाे ।

जीवनाथ अधिकारी, शङ्कर मानन्धरबाट आत्म चिन्तन र प्रमुख अतिथि डा.रमेश शुभेच्छुबाट समग्र कवितामाथि टिप्पणीसहितकाे साथै मन्तव्य प्रस्तुत भयाे।

त्यसपछि कार्यक्रमका सञ्चालक जीवनाथ अधिकारीद्वारा अध्यक्षको आग्रह बमोजिम सबैनाई धन्यवाद दिँदै सभा विसर्जन गरिएकाे थियाे ।

०००
कविराज घिमिरेकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मजेत्रो

मजेत्रो

आर.सी. रिजाल
जब म बूढो हुनेछु

जब म बूढो हुनेछु

भावना न्याैपाने
कोख नै दोख

कोख नै दोख

आर.सी. रिजाल
0
Would love your thoughts, please comment.x
()
x