साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणेश सन्ज्यालकाे कृति ‘डु यु स्टील लभ मी’ को लोकार्पण

वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ 'रोदन', छविरमण सिलवाल, डा.कमल देवकोटा, केशव पराजुली, प्रदीप सापकोटा, कास्मिरा संज्याल, स्रष्टा गणेश सन्ञ्याल लगायतले उक्त कृति लोकार्पण गरे ।

Nepal Telecom ad

काठमाडौं, २०८२ माघ १७ । गणेश संज्यालको अंग्रेजीमा लेखिएको उपन्यास ‘डु यु स्टील लभ मी’ को लोकार्पण भएको छ ।

राजधानीमा शनिबार आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, छविरमण सिलवाल, डा.कमल देवकोटा, केशव पराजुली, प्रदीप सापकोटा, कास्मिरा सन्ज्याल, स्रष्टा गणेश सन्ज्याल लगायतले उक्त कृति लोकार्पण गरे ।

भुँडीपुराण प्रकाशनद्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि रोदनले कुनै पनि साहित्यकारमा चुनौतिको सामना गर्ने सामर्थ्य हुनुपर्ने बताउँदै ‘नयाँ पुस्ताले चाह्यो भने साहित्यमा स्थापित हुन गाह्रो नहुने बताए । तर यसको लागि साधना अनिवार्य भएको पनि उनले बताए ।’ निरन्तर साधनाले गन्तव्यमा पुगिने भन्दै उनले साहित्यमा स्थापित हुन धेरै साधनाको आवश्यकता रहेको बताए ।

सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले कृतिकारलाई बधाई दिँदै सहयोग गर्न तयार भएको बताए ।

कृतिमाथि टिप्पणी गर्दै डा.देवकोटाले भने यो यस्तो कृति हो जसलाई जुन धारबाट हेरेपनि हुन्छ । नयाँ पुस्ताले बोल्ने भाषामा कृति रहेको छ । पुस्तकले म नै यस पुस्तकको पात्र हुँ भन्ने भावना वोकेको बताए । नयाँ पुस्ताले अंग्रेजीमा यति सुन्दर ढंगले लेख्नसक्नु नै कृतिकारको सफलता भएको बताए । भोगाइलाई भावनाको गहिराइमा पुगेर कृति लेखिएको पनि बताए । यथार्थपरक भावमा आएको प्रस्तुत कृति पठनीय भएकोमा उनले जोड दिए ।

अर्का वक्ता सुनकोसीका महासचिव प्रदीप सापकोटाले प्रेम जस्तो वृहत विषयमा उपन्यास लेखिएको भन्दै कसैले विचैमा धोका दिने सम्भावना औँल्याए । उनले प्रेम विना जीवनको गुञ्जायस नहुने भन्दै शिर्षकृत कृतिले प्रेमको परिभाषा बदलिदिएको दिएको बताए ।

कृति प्रकाशन गृह भुँडीपुराण प्रकाशनका प्रवन्ध निर्देशक केशव पराजुलीको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

०००
प्रदीप सापकाेटाकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x