साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध जोडी

बिलौना पोखेको, सुन्न पर्दैन ठान्थेँ । कहानी लेखेको, देख्न पर्दैन मान्थेँ ।। घडीले फेरायो, सास मेरो निचोरी । कठै यो धर्तीमा, घेरिँदै वृद्ध जोडी ।।

Nepal Telecom ad

चेवन बस्नेत ठूलाघरे :

सँगैका साथी ती, छोडिए खै कता छन् ।
मरेका जो जो छन्, सम्झना माथमा झन् ।।
यसैको पीडाले, चस्स घोच्दै छ कोखी ।
गरौँला भन्दैमा, थन्किए वृद्ध जोडी ।।१।।

न छोरा छोरी वा, वंशका साथमा छन् ।
न नाता आफन्ती, हेर्नलाई दगुर्छन् ।।
बसेका बाटोमा, देखिए जीर्ण रोगी ।
उनेका सिद्रा झैँ, देखिए वृद्ध जोडी ।।२।।

म चुम्थेँ गालामा, रातमा साथ मिल्दा ।
मुसार्थेँ कायामा, सूर्यको ताप चल्दा ।
थियो त्यो सम्झौतो, सम्झँदा झट्ट फेरी ।
भरोसा कुर्दै छन्, मार्गमा वृद्ध जोडी ।।३।।

अगुल्टे मेलामा, यौवनाको जुवारी ।
सँगैका साथीले, ल्याउँथे क्या बुहारी ।।
घडीका काँटा ती, रोकिए टक्क छोडी ।
दुखैले बाँचेका, छन् बरा वृद्ध जोडी ।।४।।

बिलौना पोखेको, सुन्न पर्दैन ठान्थेँ ।
कहानी लेखेको, देख्न पर्दैन मान्थेँ ।।
घडीले फेरायो, सास मेरो निचोरी ।
कठै यो धर्तीमा, घेरिँदै वृद्ध जोडी ।।५।।

०००
धर्मदेवी न.पा. ९, पुपाँगु, सङ्खुवासभा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

चेवनचन्द्र बस्नेत
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न

वृद्धाहरू सबल छन् अब...

चेवनचन्द्र बस्नेत
सासू र मुमा

सासू र मुमा

चेवनचन्द्र बस्नेत
विगतकै छ सिको अझ वृद्धको

विगतकै छ सिको अझ...

चेवनचन्द्र बस्नेत
वृद्धमायाँ

वृद्धमायाँ

चेवनचन्द्र बस्नेत
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x