पुरूषाेत्तम सिग्देलफाँकी भाेट – ३
चुनाउ नाउ देशकाे उतार्न दुःख सागर सपार्नमा भविष्यकाे जुटाइदिन्छ आँगन विवेकशील यााेग्य हुन् विकास याेजना दिने जवान प्राैढ वा युवा हँसाइदिन्छ आँगन ।

पुरूषाेत्तम सिग्देल :
प्रसार राैस रापले रँगाइदिन्छ आँगन
विचित्र तर्क तापले् तताइदिन्छ आँगन
अपार शक्ति रापिलाे उचाल्न बाेझिलाे हिजाे
नुही विनम्र मुस्किई नुहाइदिन्छ आँगन
मदान्ध मत्त बाघझैँ बुकुर्सिँदै थियाे अघि
नुही झुकेर पाउमा झुकाइदिन्छ आँगन
मपाइँ शब्दशब्दले उकास्नमा बहादुरी
उदास दासझैँ बुता सुकाइदिन्छ आँगन
चलाख नेत्र चालले र भङ्गिमा बयानले
परन्तु नाेटसम्मकाे फँसाइदिन्छ आँगन
अनेक शर्तका कुरा बुनेर जालमा -कुरा
फिर्याउनेछु लिम्पिया फकाइदिन्छ आँगन
सुदा युवा मराउने लिबाङका र रुक्कुमे
गुडाउनेछु रेल रे छकाइदिन्छ आँगन
चुनाउ नाउ देशकाे उतार्न दुःख सागर
सपार्नमा भविष्यकाे जुटाइदिन्छ आँगन
विवेकशील यााेग्य हुन् विकास याेजना दिने
जवान प्राैढ वा युवा हँसाइदिन्छ आँगन ।
०००
२०८२/१०/९।
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest





































