साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुक्ति सङ्ग्राम

सुरक्षा कसरी हुन्छ रोगबाट निरन्तर निरोगी कसरी होला बास नै रोगीको घर भ्रष्टचारी दुराचारी साथ बस्दैन साधुको सोझोकाम गरे देखि काम के हुन्छ जादुको।

Nepal Telecom ad

हरिप्रसाद घिमिरे :

कुबुद्धिसितको बुद्धि निर्धनीसितको धन
मरुभूमिहुने माटो डँडेलो पछिको वन
अल्पविद्या हुने प्राज्ञ ढङ्गबिना हुने कला
नजान्ने ज्योतिषि भन्दा निराक्षरी हुने भला।।

पापीले गरिने धर्म चोरको साघुझैँ पन
नक्कली हात औ गोडा माग्नेको हातको धन
फोहोरीको सफा खाना समुन्द्रको सफा जल
जमेको तालको पानी कुहिएको मीठो फल।।

दुष्टको हितको बोली रुष्टको व्यबहारले
के ओत्ला रुखले पानी सिख्रो हाँगा र पातले
चित्र मानिसको हुन्छ चरित्र पशुको सरि
तेस्तो सङ्गतमा बस्दा कष्ट हुन्छ घरीघरी ।।

बिना ताल बजे बाजा नाच बेसुरको हुने
भाँच्दैन कामको सिन्को कुरा छन् चन्द्रमा छुने
फूलको नमिठो गन्ध सुगन्ध शौचको भनी
फटाहा गतिलो हुन्न नमिल्ने कहिल्यै पनि।।

सुरक्षा कसरी हुन्छ रोगबाट निरन्तर
निरोगी कसरी होला बास नै रोगीको घर
भ्रष्टचारी दुराचारी साथ बस्दैन साधुको
सोझोकाम गरे देखि काम के हुन्छ जादुको।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
ध्वंस

ध्वंस

हरिप्रसाद घिमिरे
बेताल

बेताल

हरिप्रसाद घिमिरे
बेथिति

बेथिति

हरिप्रसाद घिमिरे
विधवा

विधवा

हरिप्रसाद घिमिरे
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x