साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुचो

केही दिन पहिले सबै राजनेताहरूलाई कुचो लगाएर बढारेका थिए नि फेरि त्यही दिन न आउला भन्न सकिँदैन ।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे

“सबैले भ्रष्टाचारको बिरोध गर्छन् तर खै .!’- आठ दशक पार गरेका राधे अखबार पल्टाउँदै फतफताउँछन्।

“के भन्नुभएको हजुर बा ?” नजिकै बसेर होमवर्क गर्दैगरेको राहुले बुझ्न खोज्यो। ऊ पनि राजनीति विषयको विद्यार्थी हो।

“केही खास होइन बाबु अखबारमा र भाषणमा सबैले राष्ट्रियता गणतन्त्र जोगाउँ, भ्रष्टाचार समाप्त गर्नुपर्छ भनिरहन्छन् तर कसैले पनि भ्रष्टाचार गर्न छाड्दैनन्।त्यही भएर हाँसो लाग्छ ।

प्रजातन्त्रको लागि सहिद भएका महान शहीदहरू पनि यिनीहरूको व्यवहार देखेर लजाएका होलान्, नाती मलाई त त्यस्तै लाग्छ ।”- राधे राहुलतिर अखबार तन्काउँदै भन्छन्।

“हो नि हजुर बा आउने दिन त झनै कहालीलाग्दो हुने छ। देशभित्र रोजगारको व्यवस्था कसैले गर्दैनन् उल्टै युवाहरू विदेशमा पठाउँछन् । गणतन्त्र धरापमा परेको छ। विदेशीहरूलाई देश भित्राएको परिणाम पनि देशले झेल्दै छ।”- राहुले भन्यो।

खै बाबु हाम्रो त जनतन जीवन जाँदै छ तर आउने जेनेरेसनलाई ठूलो सङ्कट पर्छहोला।”- राधेले भविश्यको चिन्ता ब्यक्त गर्दै भन्छन्।

“अन्याय हुन्छ जनतालाई त्यही अनुपातमा उनीहरूले प्रतिरोध पनि गर्छन् हजुर बा चिन्ता नलिनुहोस् ! केही दिन पहिले सबै राज नेताहरूलाई कुचो लगाएर बढारेका थिए नि फेरि त्यही दिन नआउला भन्न सकिँदैन ।”- राहुले पनि जेन्जी आन्दोलनको स्मरण गर्दै भन्यो।

“त्यही त जानेका छन् युवाले आफ्नो विवेक छैन पैंचो लिएको विवेक कति दिन चलथ्यो ? फेरि उस्तै कसिङ्गर थुप्रियो। यस्तै त होला फेरि पनि।”- राधेले अनुहार मिलन बाएर भित्रतिर लाग्छन्।

०००
दाङ घोराही १८
२७-०१-२०२६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
समय

समय

सुरेशकुमार पाण्डे
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x