साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेताल

सोरठी मारुनी घाटुं पर्नथाले धरापमा गुञ्जियो देशको माटो, वेतालको छ र्‍यापमा औषधी औषधी हाम्रो, मात्रा छैन मिलाउने साल भारतमा बेची, देशलाई चिलाउने।।

Nepal Telecom ad

हरिप्रसाद घिमिरे :

तिथिमा अतिथि आए, नीतिमा अनीति भयो
रीतिमा अरीति आयो, छाडातन्त्र हुँदै गयो
मतिमा कुमती आयो, राजा बन्थे अराजक
बिजोडीको बने जोडी, मान्दछन् सबले धक।।

शान्तिले क्रान्तिको बाटो, देखायो देशमा पनि
उद्दण्ड पन पो आयो नेपाली भेषमा अनि
मग्नमा नग्नता आयो, विकासले सिकाउँदो
दियो चामलको बोरा, पिठो यता झिकाउँदो।।

उद्देश्य छ ठुलो हाम्रो, उद्योग ती हटाउने
भिसा विदेशको बाँडी, खाडी देश पठाउने
बजार पहिले बन्छ, बाटो बन्छ पछाडि त्यो
बाटो पक्की बन्यो भन्दै, पछाडि ढल पो गयो।।

बिक्दैन बिजुली हाम्रो, जनता ग्यास बाल्दछन्
गाई हटाउने भन्दै, मान्छे सुँगुर पाल्दछन्
पिएनन् हिउँको पानी, किने पानी निरन्तर
बिक्दैन देशको केही, विदेशी भर्दछन् घर।।

सोरठी मारुनी घाटुं पर्नथाले धरापमा
गुञ्जियो देशको माटो, बेतालको छ र्‍यापमा
औषधी औषधी हाम्रो, मात्रा छैन मिलाउने
साल भारतमा बेची, देशलाई चिलाउने।।

खेती पहाडमा गर्छन् बन्दछन्, सम्ममा घर
शिक्षा स्वास्थ्य महंगो छ, व्यर्थैमा तिरिने कर
कोशी गण्डकीको बाँध, बन्दै गर्दछ भेलमा
शासन चोरको चल्छ, सोझो बस्तछ जेलमा।।

०००
नागार्जुन न पा- ३, इचङ्गु

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
ध्वंस

ध्वंस

हरिप्रसाद घिमिरे
सुक्ति सङ्ग्राम

सुक्ति सङ्ग्राम

हरिप्रसाद घिमिरे
बेथिति

बेथिति

हरिप्रसाद घिमिरे
विधवा

विधवा

हरिप्रसाद घिमिरे
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x