साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झुण्ड

त्यो त गलत हो कुनै जातीय आधारमा कुनै प्रकारको अपमान हुन्छ भने त्यसको लागि देशको कानुन् छ। त्यो नियम अनुसार त्यो व्यक्तिलाई जेल सजाय पनि हुनसक्छ।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“शेखर चुनाव प्रचार कत्नपुग्यो ?”- शमिरले आफ्नो सहपाठिलाई सोध्यो।उनिहरू छुट्टाछुट्टै राजनीतिक दलमा थिए तर काम एकै ठाउँमा गर्दथे।एउटै क्रमथोल भएकनो हुनाले उनिहरू बिच आत्मिएता थियो।

“चलेकै छ यार तर खासै उत्साह छैन।”-शेखर पनि निरास हुँदै भन्यो।आज शेखरको अनुहार आर्कै थियो अंध्यारो दिनमा कालोबादलले घाम छोपेको जस्तै अनुहार देखिन्थ्यो।

“के भयो खासै मन नलगाई नलगाई बोलेका छौँ । कि मलाई भन्न मिल्दैन भित्रका कुरा ?”- शमिरले ठटौले पारामा सोध्यो।

“त्यसो होइन सबै कुरा भन्न मिल्छ तर अहिलेका युवाहरूको धांचाकाचा देख्दा चुनाव प्रचार गर्न पनि मनले मानेको छैन।”- शेखरले आफ्नो भित्रको कुण्ठा पोख्यो।

“यार त्यसो भए हाम्रो पार्टी छ नी । हाम्रो पार्टीमा कुनै बिभेद छैन सबैले सल्हा गरेर कामगर्छौँ। यतै आउने भए दैलो पनि खुल्लै छ।”- शमिरले भन्यो।

“हो त्यो त तर मेरो विचार पार्टीको नियम सँग होइन मात्र ब्यबहारमा चित्त दुखेको हो ।”- शेखरले भन्यो।

“व्यवहार त कसैको राम्रो कसैको नराम्रो हुनसक्छ । असलमा त पार्टीको विचार सिद्यान्त हेर्नुपर्छ।”- शमिरले शेखरलाई सम्झाउँदै भन्यो।

“तिमी आफै भन तिम्रो जातलाई मञ्चबाट गाली गर्दा तिमीले ताली बजाउँन सक्छौ कि सक्दैनौँ ?”- शेखरले एउटा उधारण दिंदै भन्यो।

“त्यो त गलत हो कुनै जातीय आधारमा कुनै प्रकारको अपमान हुन्छ भने त्यसको लागि देशको कानुन् छ। त्यो नियम अनुसार त्यो व्यक्तिलाई जेल सजाय पनि हुनसक्छ।” -शमिरले कानुनको व्याख्या गर्दै भन्यो।

“हाम्रो ठूलो नेता हो त्यसैको बिरूद्धमा अदालत पुगेपछि त पार्टी पनि त छुट्ला नि ?” -शेखरले मलिन हुँदै भन्यो।

०००
घाेराही, दाङ
१८-१०-२०८२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवाह

विवाह

सुरेशकुमार पाण्डे
चट्टान्

चट्टान्

सुरेशकुमार पाण्डे
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
जेल

जेल

सुरेशकुमार पाण्डे
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x