फित्काैली डटकमअभेद्य माया र आशाको दीप
मित्र हुन्छ साथ दिने घात गर्ने दुष्ट घाती झर्छ पानि तल एकदिन पुगे पनि माथि फुल्नु पर्छ फूलले सुगन्धको राग छर्न चक्र हो जीवनको परोस् सुकर्म गरी मर्न।

कुमाराज सुवेदी :
माथिबाट गिरेपछि थाहा हुन्छ उचाईको मूल्य
साथ छुटेपछि मानिस बन्छ टुटेको धागो तुल्य
त्यसैले त टुट्न हुन्न नयनको मृदुल भाषा
रेगिस्तानको यात्रा बन्छ जीवन टुटेपछि आशा।
पानी परेपछि सगर खोल्छ उज्यालो त्यो मुहार
घृणा, द्वेष त्यागेपछि पुग्छ आभाको सिंगार
उदार चढाब जिन्दगीमा कसले भोग्दैन र ?
गृष्मयाममा तालको पानि वाफ बन्दैन र?
मित्र हुन्छ साथ दिने घात गर्ने दुष्ट घाती
झर्छ पानि तल एकदिन पुगे पनि माथि
फुल्नु पर्छ फूलले सुगन्धको राग छर्न
चक्र हो जीवनको परोस् सुकर्म गरी मर्न।
दीप बलोस् आशाको नझुकोस् कसैको शिर
समृद्धि बनोस् लक्ष्य सधैं अश्रु पुच्छ्ने मिर
कदममा शितलता होस् ओतलाग्ने छाया
जति पनि दिन पुगोस् मुटुभरी अभेद्य माया।
०००
अस्ट्रेलिया
Subscribe
Login
0 Comments
Oldest












































