साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शिवरात्री सन्दर्भका पाँच ठोक्तक

विनाशमै सृष्टिको बीउ, कस्तो यो भ्रान्ति छ । दुनियाँ बदल्न हिँड्नेले पहिला आफैंलाई चिन, भित्रको 'शिव' नब्युँतिएसम्म बाहिर त क्रान्ति छ ।।

Nepal Telecom ad

नन्दलाल आचार्य :

​१.
​खरानी धसेर पनि कति कञ्चन देखिने,
विषलाई पिएर पनि अमृत झैं लेखिने ।
आफ्नै स्वरूप खोज्न अन्त कहाँ जाऊँ म ?
शून्यमै हराएर सारा ब्रह्माण्ड भेटिने ।।

​२.
​भाङको नशामा लठ्ठिएर शिव खोज्ने धेरै छन्,
गाँजाको धुवाँमा भक्ति साट्ने हेर्ने धेरै छन् ।
मनको मैलो पखाल्न कहिल्यै जाँगर चलेन,
बाग्मतीको धमिलो पानीमा निथ्रने धेरै छन् ।।

​३.
​गलामा सर्पको माला, मनमा भने शान्ति छ,
विनाशमै सृष्टिको बीउ, कस्तो यो भ्रान्ति छ ।
दुनियाँ बदल्न हिँड्नेले पहिला आफैंलाई चिन,
भित्रको ‘शिव’ नब्युँतिएसम्म बाहिर त क्रान्ति छ ।।

​४.
​त्रिनेत्रको तेजले सारा अन्धकार हटाइदेऊ,
अहङ्कारको यो पहाडलाई खरानी बनाइदेऊ ।
रुद्राक्षको दाना झैं उनिन पाऊँ हजुरकै पाउमा,
मुक्ति नचाहिने गरी मेरै मनमा मन्दिर बनाइदेऊ ।।

​५.
​पशुपतिमा भीड छ, कोही दर्शन त कोही सेल्फीमा छन्,
आजकलका भक्तहरू त बढी ‘डिस्प्ले’ र ‘रिल’मा छन् ।
कपाल जुरो पारेर भेष त सबैले शिवकै बनाए,
तर असली महादेव त अझै भोकाहरूको पेटीमा छन् ।।

०००
बेलका-२, सिद्धार्थटोल, उदयपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उज्यालो

उज्यालो

नन्दलाल आचार्य
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
दुई ठोक्तक

दुई ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

सीताराम नेपाल
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x