साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शिवरात्री सन्दर्भका पाँच ठोक्तक

विनाशमै सृष्टिको बीउ, कस्तो यो भ्रान्ति छ । दुनियाँ बदल्न हिँड्नेले पहिला आफैंलाई चिन, भित्रको 'शिव' नब्युँतिएसम्म बाहिर त क्रान्ति छ ।।

Nepal Telecom ad

नन्दलाल आचार्य :

​१.
​खरानी धसेर पनि कति कञ्चन देखिने,
विषलाई पिएर पनि अमृत झैं लेखिने ।
आफ्नै स्वरूप खोज्न अन्त कहाँ जाऊँ म ?
शून्यमै हराएर सारा ब्रह्माण्ड भेटिने ।।

​२.
​भाङको नशामा लठ्ठिएर शिव खोज्ने धेरै छन्,
गाँजाको धुवाँमा भक्ति साट्ने हेर्ने धेरै छन् ।
मनको मैलो पखाल्न कहिल्यै जाँगर चलेन,
बाग्मतीको धमिलो पानीमा निथ्रने धेरै छन् ।।

​३.
​गलामा सर्पको माला, मनमा भने शान्ति छ,
विनाशमै सृष्टिको बीउ, कस्तो यो भ्रान्ति छ ।
दुनियाँ बदल्न हिँड्नेले पहिला आफैंलाई चिन,
भित्रको ‘शिव’ नब्युँतिएसम्म बाहिर त क्रान्ति छ ।।

​४.
​त्रिनेत्रको तेजले सारा अन्धकार हटाइदेऊ,
अहङ्कारको यो पहाडलाई खरानी बनाइदेऊ ।
रुद्राक्षको दाना झैं उनिन पाऊँ हजुरकै पाउमा,
मुक्ति नचाहिने गरी मेरै मनमा मन्दिर बनाइदेऊ ।।

​५.
​पशुपतिमा भीड छ, कोही दर्शन त कोही सेल्फीमा छन्,
आजकलका भक्तहरू त बढी ‘डिस्प्ले’ र ‘रिल’मा छन् ।
कपाल जुरो पारेर भेष त सबैले शिवकै बनाए,
तर असली महादेव त अझै भोकाहरूको पेटीमा छन् ।।

०००
बेलका-२, सिद्धार्थटोल, उदयपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
सरकारको सय दिन : आरोपको अचार, सुशासनको हुङ्कार !

सरकारको सय दिन :...

नन्दलाल आचार्य
समकालीन योगको ‘आसन’ र पेटको ‘भाषण’

समकालीन योगको ‘आसन’ र...

नन्दलाल आचार्य
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x