साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छोडेर माता पिता

माटोको ऋण तिर्न भुल्छ मनुवा गिर्दा धनैमा जब बेची रक्त बनेर दास परको गुज्रिन्छ चोला तब हुन्छन् वृद्ध उतै कडा श्रमगरी लोर्के गएका ठिटा छोरो जान विदेश आतुर भयो छोडेर माता पिता॥

Nepal Telecom ad

रामशरण न्यौपाने “पाँचघरे”:

मायाको झरना छ भित्र दिलमा सन्तानका खातिर
धाने भव्य गृहस्थ उच्च श्रमले मान्दैनमानी पिर
शोकाएर मरेभने यदि दुवै को पिण्ड देला चिता?
छोरो जान विदेश आतुर भयो छोडेर माता पिता॥१

लाग्छन् भित्र अनेक रोग नरमा पाको हुँदा देह यो
गाह्रो पर्दछ वृद्धले बल गरी धान्नै पनि गेह त्यो
कल्ले गर्छ हरे! बसेर घरमा ती वृद्धको सन्चिता
छोरो जान विदेश आतुर भयो छोडेर माता पिता॥२

साठीमाथि पुग्यो उमेर पनि त्यो गल्दैछ देही हरि
सक्दैनन् धरबार धान्न बिचरा त्यो भात पानी गरी
बाँझो बस्दछ खेत हाय मुखमा लाग्ला कसोरी सिता?
छोरो जान विदेश आतुर भयो छोडेर माता पिता॥३

जो जान्छन् घर फर्किने मनसुवा गर्दैन कोही पनि
बस्छन् हो सब खास नागरिकता बोकी उतैको अनि
फर्किनन् पछि पुत्र यो मुलुकमा गर्दा सयौँ ताकिता
छोरो जान विदेश आतुर भयो छोडेर माता पिता॥४

माटोको ऋण तिर्न भुल्छ मनुवा गिर्दा धनैमा जब
बेची रक्त बनेर दास परको गुज्रिन्छ चोला तब
हुन्छन् वृद्ध उतै कडा श्रमगरी लोर्के गएका ठिटा
छोरो जान विदेश आतुर भयो छोडेर माता पिता॥५

०००
चाँगुनारायण न.पा.३, दुबुलाँपू, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

रामशरण न्याैपाने
वृद्ध आश्रम बनून् शिवालय

वृद्ध आश्रम बनून् शिवालय

रामशरण न्याैपाने
वृद्धमा खुसी फुलोस् …

वृद्धमा खुसी फुलोस् …

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x