साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ध्वंस

अशेष शेष भैसक्यो अनन्त अन्त सम्पत्ति स्वतन्त्र तन्त्रको यहाँ भए मिलाप दम्पत्ति मुसाहरू मरे सरी मनुस्य बन्छ खासको चुसेर देश बस्दछन् छ योजना विकासको।।

Nepal Telecom ad

हरिप्रसाद घिमिरे :

विध्वंस ध्वंस पारियो बिसौँ हजार मारियो
विवाद वादमा भयो भनिन्छ युद्ध हारियो
विलापमा मिलाप भो लिएन देशले गति
अखण्ड खण्ड मात्र भो भएन खास उन्नति ।।

विभाग भाग लाउँछन् विभिन्न गीत गाउँछन्
स्वदेश देश चुस्दछन् मनग्य हिँड्न पाउँछन्
अभाव भाव आर्तमा निराश छन् सबैजन
अनाथ नाथ परियो धुरुक्क रुन्छ यो मन ।।

सुरक्ष रक्ष छैन खै ढले यहाँ दशै गजा
विढङ्ग ढङ्गका हुँदा लुटेर खान झन् मजा
अध्यक्ष दक्ष बन्दछ्न् अभक्ष भक्ष खानु छ
विचित्र चित्रको हुँदा बिना विवेक जानु छ।।

कुकर्म कर्म गर्दछन् सुधर्म धर्म फाल्दछन्
भनिन्छ एक वर्षमा विशाल खोल हाल्दछन्
प्रवास बासका जन निमग्न मग्न छन उनै
स्वदेश देश खाक भो उपाय छैन खै कुनै।।

अभद्र भद्र छन् यहाँ अशिष्ट शिष्ट छ्न्अरू
प्रसिद्ध सिद्ध छन् कठै! प्रचण्ड उम्किए बरु
नयाँ नयाँ प्रकारका किसान सान राखियो
विस्वाद स्वाद देशमा विभत्स क्रान्ति देखियो।।

अशेष शेष भैसक्यो अनन्त अन्त सम्पत्ति
स्वतन्त्र तन्त्रको यहाँ भए मिलाप दम्पत्ति
मुसाहरू मरे सरी मनुस्य बन्छ खासको
चुसेर देश बस्दछन् छ योजना विकासको।।

०००
इचङ्गु, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेताल

बेताल

हरिप्रसाद घिमिरे
सुक्ति सङ्ग्राम

सुक्ति सङ्ग्राम

हरिप्रसाद घिमिरे
बेथिति

बेथिति

हरिप्रसाद घिमिरे
विधवा

विधवा

हरिप्रसाद घिमिरे
वीर नेपाली

वीर नेपाली

हरिप्रसाद घिमिरे
राज्यको दाइँ

राज्यको दाइँ

हरिप्रसाद घिमिरे
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x