साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देखियो पक्षपात

आकासे रङ्गमा झैँ, चहक गगनमा, तैरिँदै हिँड्न बाबा तम्सिन्थे वीरताको, विकट जलधिका, तालमा डुब्न बाबा बाबा नै हुन् उठेका, सफल जनक ती, सभ्यताका प्रभात थाके बाबा गलेछन्, चरम चरणमा, देखियो पक्षपात ।

Nepal Telecom ad

चेवन बस्नेत ठूलाघरे :

पाकाको जीर्ण काया, लरबर नगरी, मार्गमा हिँड्न साह्रो
उठ्नै सक्दैन खुट्टा, छटपट मन भो, सास फेर्नै छ गाह्रो
आफ्ना औलाद टाढा, हरबखत उनै, सम्झियो छैन साथ
यस्तै पीडा सबैमा, वरपर घरमा, देखियो पक्षपात
।।१।।

बाबाका नीर बोली, अमृतमय मिठा, स्वादका वाक्य राम्रा
गाली ज्ञानी पिताका, विधिवश रहँदा, बुझ्दथे शक्ति हाम्रा
सम्झ्यो बोल्यो झझल्को, जब सब मनको, तिर्सना माग्छ साथ
प्यारो आँखा रसायो, टप टप गहमा, देखियो पक्षपात
।।२।।

बाबाले पढ्नु भन्थे, कलम अनि मसी, साथमा राखिछोड्नू
पढ्दा लेख्दा चलाखी, सहज गहकिला, माथमा ध्यान मोड्नू
मायाले प्यारले बा, क ख ग घ ङ सकी, पढ्नु मात्रा समेत
भन्थे देख्दै छु एक्लै, निशदिन विरही, देखियो पक्षपात
।।३।।

पढ्दै खोजेर सा रे, ग म प द नि र सा, तालमा ताल लाए
आफैँ नाचेर सङ्गै, विनिमयित बिना, फेरि नाचे सिकाए
यस्ता विद्वान् विधाता, कुशल गुरु हुँदा, कुञ्जमा साथ साथ
तृष्णाको तुच्छ जालो, मन मन कुँडिदा, देखियो पक्षपात
।।४।।

आकासे रङ्गमा झैँ, चहक गगनमा, तैरिँदै हिँड्न बाबा
तम्सिन्थे वीरताको, विकट जलधिका, तालमा डुब्न बाबा
बाबा नै हुन् उठेका, सफल जनक ती, सभ्यताका प्रभात
थाके बाबा गलेछन्, चरम चरणमा, देखियो पक्षपात ।
।।५।।

००० 
जडिबुटी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
बुबाआमाका अनुभव सिकौँ

बुबाआमाका अनुभव सिकौँ

चेवनचन्द्र बस्नेत
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
सबै पाका मान्छे …

सबै पाका मान्छे …

चेवनचन्द्र बस्नेत
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

चेवनचन्द्र बस्नेत
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x