चेवनचन्द्र बस्नेतविगतकै छ सिको अझ वृद्धको
मतलबी जब बन्दछ मानिस । हरहरी परसम्म गनाउँछ ।। र पनि बुद्धि अझै तक बिग्रियो । विगतकै छ सिको अझ वृद्धको ।।

चेवन बस्नेत ठूलाघरे :
सबल देश बनाउन भन्दथे ।
गरिब माथि उठाउन जुट्दथे ।।
तर भयो कति निर्बल काल यो ।
विगतकै छ सिको अझ वृद्धको ।।१।।
मुख भरी उपदेश मिजासिलो ।
वचन शुद्ध भए सबको भलो ।।
तर कडा भयभीत गरी दियो ।
विगतकै छ सिको अझ वृद्धको ।।२।।
कठिनका दिन आउँछ भन्दथे ।
अनुजका बल बर्कत गन्दथे ।।
तब विदेश पठाउन जाग्नु ऊ ।
विगतकै छ सिको अझ वृद्धको ।।३।।
छ दरबार भनी कन मक्ख उ ।
शिर उँभो तरबार न देख्छ उ ।।
नजिक काल छ बुद्धि खुलेन हो ।
विगतकै छ सिको अझ वृद्धको ।।४।।
मतलबी जब बन्दछ मानिस ।
हरहरी परसम्म गनाउँछ ।।
र पनि बुद्धि अझै तक बिग्रियो ।
विगतकै छ सिको अझ वृद्धको ।।५।।
०००
सङ्खुवासभा
हालः कापनपा ३२, जडीबुटी
Subscribe
Login
0 Comments
Oldest








































