फित्काैली डटकमहास्यव्यङ्ग्य स्रष्टा याेगीश कृष्ण हामी बिच रहनु भएन
चार दशक अघिदेखि कलम चलाउँदै आउनु भएका याेगीशले २०५० कै दशकमा एउटा निबन्धसङ्ग्रहकाे पाण्डुलिपि साझा प्रकाशनलाइ दिएकाे तर प्रकाशित नभएकाे मात्र हाेइन, पाण्डुलिपि नै हराइदिएकाे गुनासाे गर्नुहुन्थ्याे ।

काठमाडाैं, २०८२ माघ ४ । हास्यव्यङ्ग्य निबन्ध लेखनमा सक्रिय स्रष्टा याेगीश कृष्ण दिवङ्गत हुनु भएकाे छ । आज बिहानै उहाँकाे देहावसान भएकाे हाे ।
मुटुसम्बन्धी समस्याका कारण झण्डै तीन वर्षदेखि अस्वस्थ रहनु भएका याेगीश घरमै अक्सिजन सिलिण्डर राखेर अनवरत अक्सिजन सेवन गरिरहनु भएकाे थियाे ।
पशुपति आर्यघाटमा आफन्तजन, साहित्यिक मित्रहरूका बीच आज दिउसाे उहाँकाे अन्तिम संस्कार गरियाे ।
काठमाडौमा २०१४ असार १७ गते जन्मेर पलान्चोक, काभ्रेमा हुर्किनु भएका याेगीश कृष्णकाे युवा वय भने राजविराज, सप्तरीतिर बितेकाे हाे । स्वतन्त्र व्यवसायमा क्रियाशील रहँदै आउनु भएका याेगीशकाे लेखन र प्रकाशन आरम्भ २०३२ सालदेखि नै भएकाे थयाे । उहाँ मूलत हास्यव्यङ्ग्य लेखनमा संलग्न स्रष्टा हुनुहुन्छ ।
याेगीशले रचना आभास शर्मा, बन्धु खरेल, सुधीर यादवका नामबाट त्याे बेलैदेखि मधुपर्क, फित्काैली, प्रकाश, बुधबार, हिमाल, सगरमाथा सन्देशलगायतका पत्रपत्रिकामा स्तम्भ लेखन गर्नु भएकाे थियाे ।
चार दशक अघिदेखि कलम चलाउँदै आउनु भएका याेगीशले २०५० कै दशकमा एउटा निबन्धसङ्ग्रहकाे पाण्डुलिपि साझा प्रकाशनलाइ दिएकाे तर प्रकाशित नभएकाे मात्र हाेइन, पाण्डुलिपि नै हराइदिएकाे गुनासाे गर्नुहुन्थ्याे ।
पछिल्लाे चरणमा पत्रपत्रिकामा प्रकाशित हुँदै आएका नयाँ र पुराना निबन्धहरू संकलित गरि सङ्ग्रह प्रकाशित गर्ने तयारी पनि गर्दै हुनुहुन्थ्याे ।
यसै क्रममा उहाँका ३ दर्जन जति हास्यव्यङ्ग्य सिर्जना फित्काैली डटकममा प्रविष्ट भएका छन् ।
फित्काैली डटकम हास्यव्यङ्ग्य शिल्पी याेगीश कृष्णप्रति भावपूर्ण शब्दश्रद्धा व्यक्त गर्दछ साथै परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।
०००








































शब्द श्रद्धाञ्जली ।
दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँ प्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु 😥🙏
योगीश कृष्णका केही रचना पहिले पनि पढेझै लाग्छ । फित्कौलीमा भेटेको एउटा रचना घत् पर्यो । केही कमेन्ट पनि गरे झै लाग्छ । अनि उहाँको फ्रेन्ड रिक्वेस्ट आयो । हामी झन्डै दुई महिना अघि फ्रेन्ड भयौं । ठोरीका रामसम्बन्धी एउटा व्यग्यात्मक पोस्टमा उहाँले सप्तरीका केही स्थानका नाम लिनु भएको थियो । सोचें सप्तरीतिरकै हुनुहुन्छ क्यारे । उहाँका केही पोस्ट वृद्धाश्रमतिरका पनि हुन्थे ।
योगीश कृष्णका बारेमा मेरो रुचि उन्नत हुँदै थियो ।
उहाँका निधनसम्बन्धी यो जानकारी मेरालागि विस्मयकारी छ ।
हार्दिक श्रद्धान्जलि ।