साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उल्टो बगेकी किन ?

सोझालाई कति कति ठगिस् जान्नन् कुनै वैभव चल्ला तेरो महक भवमा होला र के गौरव दम्भी बन्छस् समय सकियो आए छ जाने दिन गङ्गामाता उदधि नपुगी उल्टो बगेकी किन ।।

Nepal Telecom ad

जगदीश्वर पाेखरेल :

माग्दै आए अभिमत दिए सत्ता मिल्यो टाढिए
आँधी आयो गरिप झुपडी छानाविनाका भए
भोका नाङ्गा मनुज बिचरा भोकै मरे छन् यता
चिन्ता लाग्यो समय सरिता बग्ने कता हो कता ।।१

धर्ती जोत्ने श्रमिक जनको भोकै कसौडी पऱ्यो
बाँच्ने आशा पनि सब टुट्यो बोल्दै नबोली झऱ्यो
डोला चढ्ने धनपतिसँगै आत्मा उडेको दिन
जल्छन् दु:खी नद बगरमा सम्पन्नशाली जन ।।२

पीडा खप्छन् प्रतिदिन बरा बोल्दै नबोल्ने धनी
हेप्ने गर्छन् धनिक जनले भारी भयो जीवनी
तातो हावा हुनुहुन गरी चल्दै छ रातोदिन
कल्ले देला सलिल रसिलो प्यासी बनेको दिन ।।३

गर्मी जाडो प्रतिदिन खपी दाना दिँदै छन् तरु
बेसर्मी छन् कपट छलले अग्ला भएकाहरू
ढाट्ने छल्ने नियत नहुने आत्मा सफा पौरखी
ठग्छन् खान्छन् कति दिन बसी ढल्छन् सबै आखिरी ।।४

सोझालाई कति कति ठगिस् जान्नन् कुनै वैभव
चल्ला तेरो महक भवमा होला र के गौरव
दम्भी बन्छस् समय सकियो आए छ जाने दिन
गङ्गामाता उदधि नपुगी उल्टो बगेकी किन ।।५

०००
पाउँदी, लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सबै पाका मान्छे …

सबै पाका मान्छे …

जगदीश्वर पाेखरेल
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

जगदीश्वर पाेखरेल
के फूल फुल्लान् बागमा

के फूल फुल्लान् बागमा

जगदीश्वर पाेखरेल
वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ

वृद्धा र वृद्ध भन्छन्...

जगदीश्वर पाेखरेल
वृद्धवृद्धा सँगै छन्

वृद्धवृद्धा सँगै छन्

जगदीश्वर पाेखरेल
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
उत्खनन

उत्खनन

सरूभक्त
0
Would love your thoughts, please comment.x
()
x