साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘समय भित्रको समय’ संयुक्त कविताङ्ग्रह सार्वजनिक

महालक्ष्मी साहित्य समाजको आयोजनामा १५ जना कविहरुका कविताहरु समावेश भएको उक्त संयुक्त कविताकृति सार्वजनिक भएको हो ।

Nepal Telecom ad

काठमाडौं , २०८२ वैशाख १३ । “समय भित्रको समय” संयुक्त कविताङ्ग्रह सार्वजनिक भएको छ । महालक्ष्मी साहित्य समाजको आयोजनामा १५ जना कविहरुका कविताहरु समावेश भएको उक्त संयुक्त कविताकृति सार्वजनिक भएको हो ।

कवि, एवं राजनीतिज्ञ नवराज सिलवाल, गजलकार ज्ञानुवाकर पौडेल, कलानिधि दाहाल, डा.रजनी ढकाल, उत्तम के.सी. लगायतले उक्त कृति सार्वजनिक गरे ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि सिलवालले गरेको कार्यक्रममा ज्ञानुवाकर पौडेल, कलानिधि दाहाल, लक्ष्मी माली, डा.रजनी ढकाल लगायतले आ आफ्नो मन्तव्य व्यक्त गरे । कृतिका कविहरु मध्येबाट विनोद खत्री आकाशले कृति प्रकाशनको सन्दर्भ बारे बोलेका थिए ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष श्रीराम पौडेल तथा स्वागत मन्तव्य संस्थाका सचिव बासु गौतमले गरेका थिए ।प्रत्येक कविको सातवटा कविता समावेश भएको उक्त संग्रहका कविहरुमा कैलाश कुमार मल्ल, धुर्वप्रसाद घिमिरे दीप,गोविन्द बहादुर खड्का, नानीमैयाँ अधिकारी, नारायण सिलवाल, पुष्पराज के.सी., रविन्द्र कुमार थापा, राजाराम राउतका कविताहरु रहेका छन् ।

यसैगरी राजेशमान के.सी., रुविना राना, विनोद खत्री आकाश, लुमन्ति चित्रकार, शशिधर पोखरेल, शेखर आचार्य र सञ्चिता राना साम्पाङका कविताहरु यस कृतिमा समावेश गरिएका छन् ।

०००
– प्रदीप सापकाेटाद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x