साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जनताको भागमा तिरैतिर

फरक हिजो र आज नेता बदलिएर राजा भए नेता बदलिएर शासक भए। नेता उक्लिएर माथि पुगे । जनताको छातीमा गीर खेले जनताको भागमा तिरैतिर नेताले खाए खिरै खिर।

Nepal Telecom ad

सुभाषचन्द्र देवकाेटा :

हिजो राजा थिए
पन्चहरु थिए।
आज नेताहरु छन्
कार्यकर्ताहरु छन्।

हिजो राजाको हुकुम चल्थ्यो
पन्चहरु हुकुमको तामेली गर्थे ।
आज नेताको आदेश चल्छ
कार्यकर्ताहरु आदेश तामेली गर्छन्।

हिजो राजाका दरबारमा हुन्थे
आज नेताका दरबार छन् ।
हिजो राजा हेलिकप्टरमा उड्थे
आज नेता उड्छन्।

हिजो राजा कानून भन्दा माथि थिए।
आज नेता कानून भन्दा माथि छन् ।

हिजो राजा स्वच्छाचारी थिए
आज नेता स्वच्छाचारी छन्।

हिजो राजा थिए
जनता रैती थिए।
आज नेता छन्।
जनाता रैती छन्।

फरक हिजो र आज
नेता बदलिएर राजा भए
नेता बदलिएर शासक भए।

नेता उक्लिएर माथि पुगे ।
जनताको छातीमा गीर खेले

जनताको भागमा तिरैतिर
नेताले खाए खिरै खिर।

०००
गाेरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x