साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भत्ता नदेऊ बरू

केले औषध किन्नु त्यो धनविना के मान्दछन् उत्सव मेरो राज्य छ भनेर गर्नु कसरी यो देशमा गौरव । सत्ताको मधुमासमा दिनदिनै भुल्दै छ तिम्रो मन बाबा हुन् मुटु सास तुल्य जननी भन्ने भुल्यौ धड्कन ॥

Nepal Telecom ad

उत्तम विचार :

चल्दा हात र पाउ ससक्त रहने आमाबुवा कर्ममा
चल्दैनन् जब हातपाउ थलिँदा पर्छन् बडो मर्ममा ।
पर्दा राज्य रहेन यो मुलुकले मर्दा गरोस् उत्सव
भन्छन् ज्येष्ठ असाध्य दिक्क मनले चाहिन्न भत्ता अब ॥१।

नौला अड्चनका पहाड चुलिँदा चढ्नै नसक्ने भए
के हो राष्ट्रिय पत्र बन्छ कसरी बढ्दै गयो संशय ।
टोपी सान थियो झिकेर भनियो फोटो खिचाऊ जब
भन्छन् ज्येष्ठ असाध्य दिक्क मनले चाहिन्न भत्ता अब ॥२।

आमाका गहना फुकाल्न भनियो पोते र मुन्द्रीहरू
गद्धा आशनमा बसेर नभुलौँ राडी र गुन्द्रीहरू ।
सारा जैविक कार्डमा जकडिए जो गोप्य आफ्ना थिए
नेपालीपन झल्किने छ कसरी नेपाल नैँ बेचिए ॥३।

केले औषध किन्नु त्यो धनविना के मान्दछन् उत्सव
मेरो राज्य छ भनेर गर्नु कसरी यो देशमा गौरव ।
सत्ताको मधुमासमा दिनदिनै भुल्दै छ तिम्रो मन
बाबा हुन् मुटु सास तुल्य जननी भन्ने भुल्यौ धड्कन ॥४।

छैनन् सन्तति साथ बाहिर गए होला भनी आर्जन
छैनन् उद्यम चल्न मुस्किल भयो यी वृद्धको जीवन ।
चर्को व्याप्त अभाव खप्न नसकी भन्छन् अकालै मरूँ
आफ्नो भोट बढाउने लहडमा भत्ता नदेऊ बरू ॥५।

०००
काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Januka Guragain
Januka Guragain
2 years ago

सुन्दर सिर्जना । हार्दिक नमन !

Nepal Telecom ad
मोबाइल

मोबाइल

उत्तम विचार
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
चुपचाप !!!

चुपचाप !!!

उत्तम विचार
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
1
0
Would love your thoughts, please comment.x
()
x