साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आयस्रोत

यी विधिविधान ख्याल रहे जनताजनार्दन साथमा हुन्छन् भागबिलो हातमा पर्छ अनि त टिकट लिन कोटि प्रणाम, चुनाव जित्न भोजभतेरमा रोपेको करोडौं खर्च सहजै उम्रन्छ कहाँ उम्रन्छ मात्रै मजाले झाँगिन्छ ।

Nepal Telecom ad

डा. छायादत्त न्यौपाने :

अचेल रमाइलो बढिरहेको छ । म आफै पनि रमाइलोमै रल्लिएको छु । रल्लिनुको मजा बेग्लै छ । रल्लिनेले गल्ती गरे पनि गल्ती मानिँदैन भन्ने मर्म थाहा पाएपछि त झन् रल्याइको रौनकै विशेष भाछ । रल्लिनेले काम नगरे पनि फरक पर्दैन । रल्याइमा कर्तव्यको कानुन नलाग्नेरहेछ । कानुन बढी नै सक्रिय भयो भनेसरि भने पुग्ने । ख्याल गर्नु है तपाईं पनि कानुनी शासनको झन्झटमा पर्नुहोला । त्योभन्दा पहिला रल्याइ सङ्गठनको सदस्य बनिहाल्नुहोला । कतै कर्तव्यबोधले कानुनी उपचार गर्छु भन्दै अख्तियारको कार्यालयमा पुर्‍याउला । त्यहाँ पुगेपछि क्षमा गर्नुहोला भनेर गल्तीले पनि नभन्नु, जसरी पनि अभ्यास गर्नुहोला सरि भन्ने । हो जति सक्नुहुन्छ अरु अरु भाषाका शब्द ठोस्नुहोला । कतै शुद्धसित नेपाली भाषा- नेपालीका भाषा बोल्न थाल्नुभो भने मान्नुस् तपाईं भर्खर गाउँबाट ओर्लेको मान्छे । तपाईंलाई कानुनले चिन्दैन र न्यायले तपाईंसँग भएका प्रमाण खोज्दैन र मान्दैन पनि । उसले त अरु भाषा रुचाउँछ, ऊ विदेशी भाषामैत्री व्यवहार गर्छ । के ? नेपालमा नेपाली भाषाले न्याय पाउँदैन , कानुनले चिन्दैन ? यो तपाईंको कुरा शासन व्यवस्थाको होइन ।

महाशय अचम्म मान्नुपर्ने छैन । यहाँको भाषा मात्र प्रभावित छैन, व्यवस्थापिका, कार्यपालिका, न्यायालय त विदेशमैत्री छन् । भाषा जाबो के ठुलो कुरा ! तपाईं साँच्चै अनविज्ञ हो र हाम्रा अगुवा प्रवृत्तिबाट ! यी अगुवा देशको स्वाधीनता बचाउन र जनताको आवश्यकता पूरा गर्न होइन वैयक्तिक स्वार्थसिद्धिमा व्यस्त छन् । सत्ता शक्ति पाउने भएपछि माटो, इतिहास, राष्ट्रिय स्वाभिमान सबै सबैको एकै साथ तिलाञ्जली दिन्छन् । यसमा उनीहरूलाई अलिकति पनि सङ्कोच छैन । लाज लाग्दैन । यस्तो अवसरको उपयोगका लागि त यी पदीय मर्यादा र कूटनैतिक मान्यता भर्सेलामा छाडेर भतेर लाउँछन् ।

यहाँ अन्तर्राष्ट्रिय प्रचलन ऐतिहासिक परम्पराको हेक्का राखिदैन राखिन्छ त कति दिन, महिना सत्तारोहण हुन्छ ? यस विषयमा मात्र खुब चासो रहिरहन्छ । तपाईं दैनिक कार्यसूची हेर्नुहुन्छ भने बिहान उठेपछि कति ठाउँमा उद्घाटन छ, कहाँ के भाषण दिने ? निजी सचिवसँग सुन्ने हो । साँझ भाषण गरिरहँदा कति ताली बज्यो, लाइक कमेन्ट कति आयो भनेर गणना गर्ने हो । यसबाहेक कति ठाउँबाट कति कति कमिसन आयो ? कसले के पाहुर ल्यायो भनेर जाँचपड्ताल गर्ने हो । पारिवारिक सरसल्लाह यसै विषयमा हुन्छ । देशको अवस्था के छ ? विदेश नीति कस्तो छ ? हुनुपर्ने कस्तो हो ? राजनीतिक पार्टी जसको जे भए पनि विदेश नीति एउटै र बलियो हुनुपर्ने यस्तो नीतिगत र कमिसन नआउने विषयमा दिमाग खर्च गर्ने त्रुटिपूणर् कार्य अगुवाबाट हुँदैन, भएको छैन । यो त तपाईं हामीले चिया पसलमा दिने गफ हो । यसबाहेक देशमैत्री कर्म अहिलेसम्म भएको छैन । कतै भएको उदाहरण भए जानकारी पाऊँ ।

चुनावी भाषणमा बाहेक अगुवाले देशको सेवा गर्ने र जनताको घरदैलोमा पुग्ने त सत्ताबाहिर हुँदा हो । यसमा पनि खानपिनको सम्बन्ध छ तर सत्ताले टेरेन भने गरिबका सन्तान पिटाउएर विपक्षीको अभिनय गर्ने साँझ सँगसँगै भोजमा सरिक हुने यही हो पछिल्लो समयको खानदानी परम्परा र अगुवा कार्यनीति ।

पहिला एक राजा अहिले अनन्त राजा,गाउँ गाउँमा राजा । राजाहरूको भिड छ भागबिलो लाग्छ । पक्ष- विपक्ष त भाग ठुलो पार्ने दाउ हो । सत्ताले ठुलो विपक्षीको अलिक सानो तर भाग नलागे त गरिब जनताका छोराछोरी सडकमा उतार्ने डण्डा बर्साउने । जति धेरै गरिबका सन्तान कुटिन्छन् उत्ति ठुलो भाग लाग्छ । यो हो राजनीतिक काइदा नेताले पाउने फाइदा र जनतालाई महङ्गीको स्वाद !

भाषण कला भएपछि राजनीतिले खुवाउँछ । सत्तामा पुग्नुपर्छ दुवै हातले खाइन्छ । मजाले खाइन्छ । नजिक भएर खानपिन सूत्र थाहा पाउनेलाई अलिअलि चटाउन बिर्सनुभएन । प्रतिरक्षा तिनै चटुवाले गर्छन् । यी विधिविधान ख्याल रहे जनताजनार्दन साथमा हुन्छन् भागबिलो हातमा पर्छ अनि त टिकट लिन कोटि प्रणाम, चुनाव जित्न भोजभतेरमा रोपेको करोडौं खर्च सहजै उम्रन्छ कहाँ उम्रन्छ मात्रै मजाले झाँगिन्छ । यही हो ढुक्क हुने सूत्र, भर्पर्दो आयस्रोत । जय जनता !

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
फोकटलालको ज्ञानोपदेश

फोकटलालको ज्ञानोपदेश

दामाेदर न्याैपाने
दुईतिहाइको ठेडी

दुईतिहाइको ठेडी

फित्काैली डटकम
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x