साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

पर्दाले छोपेको थियो अब त पूरै देखियो तिर्सना मेटिए पनि रहर अधुरै देखियो गर्न त गर्नुहुन्थ्यो समानताको उद्घोषणा आखिर हजुरको चित्त पनि त साँगुरै देखियो ।

Nepal Telecom ad

खगेन्द्र गिरि ‘कोपिला’ :

१.
पत्याउन नसकिने हुन्छन् जीवनमा धेरै कुरा
अर्थ्याउन नसकिने हुन्छन् जीवनमा धेरै कुरा
पानीझै बगेर गए पनि यहाँ घटनाहरू
सच्याउन नसकिने हुन्छन् जीवनमा धेरै कुरा ।

२.
पर्दाले छोपेको थियो अब त पूरै देखियो
तिर्सना मेटिए पनि रहर अधुरै देखियो
गर्न त गर्नुहुन्थ्यो समानताको उद्घोषणा
आखिर हजुरको चित्त पनि त साँगुरै देखियो ।

३.
पलायन भएको छ मन मान्छेबाटै यो संसारमा
आँसु दिएर हाँसो खोजिरहेछ उपहारमा
आफ्नै सीमा, समस्या र आफ्नै समाधानको नाउँमा
बन्दी भएका छन् मान्छे कुनै न कुनै कारागारमा ।

४.
प्रकृतिको जैविक रीति मात्र हो
रहर लेख्ने मनको चिठी मात्र हो
त्यागका लागि उत्साह छैन भने
प्रेम भन्नु मानिसको ढिपी मात्र हो ।

०००
नेपालगञ्ज

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
होला कि नहोला ?

होला कि नहोला ?

खगेन्द्र गिरि ‘कोपिला’
चार ठोक्तक

चार ठोक्तक

खगेन्द्र गिरि ‘कोपिला’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x