साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा बिरामी हुँदा

नेपाली रनभुल्लमा छ अहिले सामर्थ्य आफ्नो भुली के झाँगिन्छ मनुष्यता विवशमा अन्यत्र मात्रै डुली पश्चाताप शिवाय हुन्न पछि हो फर्की यता आउँदा छोरो छैन जवान एक घरमा आमा बिरामी हुँदा ॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

छाती खन्जरले चिरिन्छ सहसा ढूङ्गो र माटो रुँदा
खाएको सब वस्तु बन्छ नुनिलो त्यो आँसुले नै धुँदा
आधा दर्जन सम्म पुत्र खतरा मोलेर जन्माउँदा
छोरो छैन जवान एक घरमा आमा बिरामी हुँदा ॥१

लाग्यो रोग कडा बनेर सरुवा नेपालवासीकन
बित्थामा परदेश जान सबले खप्ने ठुलो उल्झन
नेपाली जनशक्ति बेचिन गयो तृष्णा ठुलोले छुँदा
छोरो छैन जवान एक घरमा आमा बिरामी हुँदा ॥२

मान्छेले किन आज कर्मथल नै मान्दैन नेपाल यो
सारा सिर्जनको मुहान पनि हो यो विश्वकै भाल हो
बिर्सी स्वर्ग समानको मुलुक हा! अन्यत्र नै धाउँदा
छोरो छैन जवान एक घरमा आमा बिरामी हुँदा ॥३

माता तात र मातृभूमिकन नै भुल्दैछ मान्छे अहो !
के जोगिन्छ युवा पलायन हुँदा पूर्वीय संस्कार यो
एक्लै नै घर अस्पताल बिचरी गर्छिन् व्यथाले छुँदा
छोरो छैन जवान एक घरमा आमा बिरामी हुँदा ॥४

नेपाली रनभुल्लमा छ अहिले सामर्थ्य आफ्नो भुली
के झाँगिन्छ मनुष्यता विवशमा अन्यत्र मात्रै डुली
पश्चाताप शिवाय हुन्न पछि हो फर्की यता आउँदा
छोरो छैन जवान एक घरमा आमा बिरामी हुँदा ॥५

शिक्षा उच्च भएन देश जनता संस्कार चिन्ने अनि
बाँच्ने दिव्य कला भएन नरमा सङ्घर्षको जीवनी
चोला दुर्लभ मानवी क्षय गरे सौभाग्यले पाउँदा
छोरो छैन जवान एक घरमा आमा बिरामी हुँदा ॥६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

रामशरण न्याैपाने
वृद्ध आश्रम बनून् शिवालय

वृद्ध आश्रम बनून् शिवालय

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x