साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोबाइल र तारवाला फोनको वार्तालाप

अहिलेका फुर्सदिला म्याडमहरू म्यासेन्जरआँ कति फोन अर्न सक्या । त्यस्ता साना तिना कुरा नि के अर्नु । भ्यन्टा पकाउँदा ज्वाने फुराउनु अनि मिठो हुन्छ । तेरो अनुहारमा ग्लो नै छैन त ब्युटिपार्लर गइनस् ।

Nepal Telecom ad

कमला पन्थी अधिकारी :

एक दिन मोबाइल र तारवाला फोनको वार्तालाप शुरु भयो ।
फोन : हेल्लो भाइ के छ हालखवर निकानन्दै छौ नि तिमी ?
मोवाइल : के आनन्द भन्नू र दाइ खोइ ? तपाईंलाई जस्तो हैन मलाई त एक वर्षको बालबालिकाहरूदेखि लिएर सय वर्षका बुढाबुढीले समेत उदाएदेखि अस्ताएसम्म निमोठिरहन्छन् । एकाहोरो गिजोलिरहन्छन् । राति पाँच छ घण्टासमेत मलाई चैन छैन । यो सानो ज्यानलाई करेन्टमा जोतिदिन्छन् तब बाँकी रहेको हुर्मत नै टोकिदिन्छन् । । यी मनुवाहरू रातमा निद्रामा मस्ताराम तर म भने यता ऐयाराम ।

फोन : मलाई त तिमीलाई भन्दा धेरै सुख छ । एउटा कुनामा बस्यो सबैका कुरा सुन्यो । तिम्रो आगमनले मलाई धेरै फुर्सत मिलेको छ । म फेरि तिमी जस्तो बहुमुखी छैन म्यासेन्जर, भाइवर, लाइभर, इन्ट्राग्राम, टिक टक त्यति मात्रै हो र भाइ त्यो लिखुरे ज्यानले अनेक थोक भारावहन गर्नु परेको छ तिमीले । बैङ्क सम्बन्धी एप । यातायात, पठाओ, शेयर बजार आदि इत्यादि संसारको आधुनिक प्रविधि सबै तिमीसँगै छ । त्यसैले त तिमी आज मानिसको अभिन्न अंङ्ग जस्तै बन्ने सौभाग्य पाएका छौ । अहिलेको मानिसलाई तेरो एउटा आँखा फुटाउने कि मोवाइल दिने भन्यो भने । तिमी रोज्छ आँखा छोडी हुन्छ । त्यसैले आज तिमी मानिसको मुटु कलेजो, फोक्सो भन्दा नि प्यारो छौ । यसैले पनि मेरो महत्व क्रमशः घट्दै गएको छ । साठी साल अगडिसम्म त मेरो पनि कम्ता मान मनितो थिएन । लाइन लागेर पैसा तिरेर मलाई समाउँथे । वाउ भाइ कुनै कुनै भरखरका नानीहरूका कति कोमल हात प्रभु । आफ्नो श्रीमानसँग र कुनै प्रेमीसँग फोनमै सुँक्क सुँक्क गर्दथे । आफुलाई भने अझै आँखा वर्षाइरहून् । घण्टौँ प्रेमालापमा डुबिरहून् जस्तो लाग्ने । तर फेरि दाउरा जस्तो हातको स्पर्श पनि सामना गर्नै पर्ने बाध्यता । फेरि त्यो समयमा टोलमा कसका घरमा म छु भन्ने कुरा थाहा हुने । कहिले त छिमेकी र भाडावाल समेत मेरो स्पर्शमा हुन्थे । अवस्था त माथि भनिहालेँ नि भाइ भेराइटी भेराइटी ।

मोवाइल : मैले भोगेका कथा नि छन् रङरङका पैले पैले म सानो रूपमा हुँदा त कैयन् तरूनीहरूको वक्षस्थलमा समेत विराजमान हुने सौभाग्य पाएको थिएँ । तर एैले म आफै भुत्ते हुँदै गएँ । फेरि कुनचाँहि उल्क्याहाले मोवाइल छातीमा भित्री वस्त्रमा राख्नु हुँदैन है महाशयहरू यसले त मुटुरोग निम्त्याउँछ है । भनेर फुकेछ । त्यस पछि त्यो रोमान्चित अवसरबाट लगभग छुट्टी मिलेको छ । यसो फाट्ट फुट्ट मात्र हो । तर नि दाइ त्यो दुर्लभ क्षणको महत्व झन् मिठो ! दाइ मलाइ त भर्‍याङबाट, छतबाट, हातबाट एक्कासी खसाल्छन् । राम राम गाउँघरमा त बरु यसो चउराँ, बारीयाँ, आगनाँ खस्दा यो मेसिने ज्यानलाई त्यतिधेरै बाधा पर्दैन । यो शहराँ त के त्यो पीडाको के बयान गर्नु दाइ सम्झदा नि रुन मन लाउँच । कहिले त रिस उठे पनि मलाई नै पछार्छन दाइ ! तपाईं त धेरै भाग्यमानी ।

फोनलाई पनि आफ्ना पीडा ओकल्न मन लागेर आयो । के गर्नु भाइ मेरा मर्का पनि कम्तिका छैनन् । कतिपय घरले अब यसको के काम भनेर टेलिकमाँ गएरै तार काटिदिए । कैयन् घरमा आजभोलि मलाई छुँदै छुदैनन् यसो मोवइलाँ पैसो सिध्या बेलाँ मात्रै हो । अफिसाँ भने थोरै सम्मान र इज्जत गर्छन् । तर हाकिमका खुरतफाति कुरा, सरुवा, बढुवा, निलम्बन्, कुटनीति, तथा नीति बिरुद्धका कदमको भने मैले सुइको पाउँछु । त्यो भन्दा पनि गोप्य कुरा गर्न परे त तिमीलाई नै बोकेर ट्वालेट छिर्छन् । कि त डामडुम ढोका लगाउँछन् र मात्र मसँग नजिकिन्छन् । त्यो पनि कोड भाषामा । ऐले त मैले नि बुझ्न थालेको छु टाउकेहरूको कोड भाषा । मुखमा राम राम बगलीमा छुरा भने जस्तै यिनीहरूका देखाउने दाँत मात्रै एकथरी हुन । भित्री दाँत जुन मिठो मुस्कानसाथ निस्कन्छन् ती हेर्न खर्च पो चाहिँदो रहेछ त । बिचरा निमुखा नेपाली जनताको बाध्यता ।

मोवाइल : दाइ मेरा पनि छन् नि तीत मिठा अनुभवहरू । चोरलाई अर्काको धनमाल सुइकाउन म कति सजिलो उपाय भएको छु । कुरा अरि साध्य छैन । आफू त्यहाँ पुगे पछि मिसकल । नजिकै रहेका साथीहरू बिस्तारै पुग्छन् । अनि लुटपाट शुरु । मायाँ पिरतीमा त मेरो काम कति हो कति । मिस् कल – कल ब्याक, मिस कल – कल ब्याक = पिरिम अङ्कुरायो । प्रेमिकाको घर नजिक पुगे पछि मिस कल । डेटिङ सिद्धिए पछि घर पुगेको सङ्केत पनि मिसकल बाटै हुने, फेरि अर्को म्यासेन्जरबाट पिरिम, फेसबुकबाट पिरिम । फेरि त्यस्ता अल्पकालीन पिरिम तुरुन्तै झर्‍याम झुरुम भइहाल्ने रहेछन् ।

अर्को कुरा क्या । अहिलेका फुर्सदिला म्याडमहरू म्यासेन्जरआँ कति फोन अर्न सक्या । त्यस्ता साना तिना कुरा नि के अर्नु । भ्यन्टा पकाउँदा ज्वाने फुराउनु अनि मिठो हुन्छ । तेरो अनुहारमा ग्लो नै छैन त ब्युटिपार्लर गइनस् । हेर्न मेरो पैसा सहकारीले खायो । एउटा रानीहार बनाउँला भनेको । ऐले बुढाले पैसै दिँदैनन् ।
होस गर है फेरि कतै बाहिरतिर !
ल धेरैमा दाजुभाइको लामो भलाकुसारी हुन पायो । हस् त।

०००
काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Duku
Duku
2 years ago

Ramro

Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
चाहिन्न दाह्री कवि बन्नलाई

चाहिन्न दाह्री कवि बन्नलाई

कमला पन्थी अधिकारी
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
घरघर जब छाेरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छाेरी रम्दछन्...

कमला पन्थी अधिकारी
दुईतिहाइको ठेडी

दुईतिहाइको ठेडी

फित्काैली डटकम
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
1
0
Would love your thoughts, please comment.x
()
x