कमला पन्थी अधिकारीमोबाइल र तारवाला फोनको वार्तालाप
अहिलेका फुर्सदिला म्याडमहरू म्यासेन्जरआँ कति फोन अर्न सक्या । त्यस्ता साना तिना कुरा नि के अर्नु । भ्यन्टा पकाउँदा ज्वाने फुराउनु अनि मिठो हुन्छ । तेरो अनुहारमा ग्लो नै छैन त ब्युटिपार्लर गइनस् ।

कमला पन्थी अधिकारी :
एक दिन मोबाइल र तारवाला फोनको वार्तालाप शुरु भयो ।
फोन : हेल्लो भाइ के छ हालखवर निकानन्दै छौ नि तिमी ?
मोवाइल : के आनन्द भन्नू र दाइ खोइ ? तपाईंलाई जस्तो हैन मलाई त एक वर्षको बालबालिकाहरूदेखि लिएर सय वर्षका बुढाबुढीले समेत उदाएदेखि अस्ताएसम्म निमोठिरहन्छन् । एकाहोरो गिजोलिरहन्छन् । राति पाँच छ घण्टासमेत मलाई चैन छैन । यो सानो ज्यानलाई करेन्टमा जोतिदिन्छन् तब बाँकी रहेको हुर्मत नै टोकिदिन्छन् । । यी मनुवाहरू रातमा निद्रामा मस्ताराम तर म भने यता ऐयाराम ।
फोन : मलाई त तिमीलाई भन्दा धेरै सुख छ । एउटा कुनामा बस्यो सबैका कुरा सुन्यो । तिम्रो आगमनले मलाई धेरै फुर्सत मिलेको छ । म फेरि तिमी जस्तो बहुमुखी छैन म्यासेन्जर, भाइवर, लाइभर, इन्ट्राग्राम, टिक टक त्यति मात्रै हो र भाइ त्यो लिखुरे ज्यानले अनेक थोक भारावहन गर्नु परेको छ तिमीले । बैङ्क सम्बन्धी एप । यातायात, पठाओ, शेयर बजार आदि इत्यादि संसारको आधुनिक प्रविधि सबै तिमीसँगै छ । त्यसैले त तिमी आज मानिसको अभिन्न अंङ्ग जस्तै बन्ने सौभाग्य पाएका छौ । अहिलेको मानिसलाई तेरो एउटा आँखा फुटाउने कि मोवाइल दिने भन्यो भने । तिमी रोज्छ आँखा छोडी हुन्छ । त्यसैले आज तिमी मानिसको मुटु कलेजो, फोक्सो भन्दा नि प्यारो छौ । यसैले पनि मेरो महत्व क्रमशः घट्दै गएको छ । साठी साल अगडिसम्म त मेरो पनि कम्ता मान मनितो थिएन । लाइन लागेर पैसा तिरेर मलाई समाउँथे । वाउ भाइ कुनै कुनै भरखरका नानीहरूका कति कोमल हात प्रभु । आफ्नो श्रीमानसँग र कुनै प्रेमीसँग फोनमै सुँक्क सुँक्क गर्दथे । आफुलाई भने अझै आँखा वर्षाइरहून् । घण्टौँ प्रेमालापमा डुबिरहून् जस्तो लाग्ने । तर फेरि दाउरा जस्तो हातको स्पर्श पनि सामना गर्नै पर्ने बाध्यता । फेरि त्यो समयमा टोलमा कसका घरमा म छु भन्ने कुरा थाहा हुने । कहिले त छिमेकी र भाडावाल समेत मेरो स्पर्शमा हुन्थे । अवस्था त माथि भनिहालेँ नि भाइ भेराइटी भेराइटी ।
मोवाइल : मैले भोगेका कथा नि छन् रङरङका पैले पैले म सानो रूपमा हुँदा त कैयन् तरूनीहरूको वक्षस्थलमा समेत विराजमान हुने सौभाग्य पाएको थिएँ । तर एैले म आफै भुत्ते हुँदै गएँ । फेरि कुनचाँहि उल्क्याहाले मोवाइल छातीमा भित्री वस्त्रमा राख्नु हुँदैन है महाशयहरू यसले त मुटुरोग निम्त्याउँछ है । भनेर फुकेछ । त्यस पछि त्यो रोमान्चित अवसरबाट लगभग छुट्टी मिलेको छ । यसो फाट्ट फुट्ट मात्र हो । तर नि दाइ त्यो दुर्लभ क्षणको महत्व झन् मिठो ! दाइ मलाइ त भर्याङबाट, छतबाट, हातबाट एक्कासी खसाल्छन् । राम राम गाउँघरमा त बरु यसो चउराँ, बारीयाँ, आगनाँ खस्दा यो मेसिने ज्यानलाई त्यतिधेरै बाधा पर्दैन । यो शहराँ त के त्यो पीडाको के बयान गर्नु दाइ सम्झदा नि रुन मन लाउँच । कहिले त रिस उठे पनि मलाई नै पछार्छन दाइ ! तपाईं त धेरै भाग्यमानी ।
फोनलाई पनि आफ्ना पीडा ओकल्न मन लागेर आयो । के गर्नु भाइ मेरा मर्का पनि कम्तिका छैनन् । कतिपय घरले अब यसको के काम भनेर टेलिकमाँ गएरै तार काटिदिए । कैयन् घरमा आजभोलि मलाई छुँदै छुदैनन् यसो मोवइलाँ पैसो सिध्या बेलाँ मात्रै हो । अफिसाँ भने थोरै सम्मान र इज्जत गर्छन् । तर हाकिमका खुरतफाति कुरा, सरुवा, बढुवा, निलम्बन्, कुटनीति, तथा नीति बिरुद्धका कदमको भने मैले सुइको पाउँछु । त्यो भन्दा पनि गोप्य कुरा गर्न परे त तिमीलाई नै बोकेर ट्वालेट छिर्छन् । कि त डामडुम ढोका लगाउँछन् र मात्र मसँग नजिकिन्छन् । त्यो पनि कोड भाषामा । ऐले त मैले नि बुझ्न थालेको छु टाउकेहरूको कोड भाषा । मुखमा राम राम बगलीमा छुरा भने जस्तै यिनीहरूका देखाउने दाँत मात्रै एकथरी हुन । भित्री दाँत जुन मिठो मुस्कानसाथ निस्कन्छन् ती हेर्न खर्च पो चाहिँदो रहेछ त । बिचरा निमुखा नेपाली जनताको बाध्यता ।
मोवाइल : दाइ मेरा पनि छन् नि तीत मिठा अनुभवहरू । चोरलाई अर्काको धनमाल सुइकाउन म कति सजिलो उपाय भएको छु । कुरा अरि साध्य छैन । आफू त्यहाँ पुगे पछि मिसकल । नजिकै रहेका साथीहरू बिस्तारै पुग्छन् । अनि लुटपाट शुरु । मायाँ पिरतीमा त मेरो काम कति हो कति । मिस् कल – कल ब्याक, मिस कल – कल ब्याक = पिरिम अङ्कुरायो । प्रेमिकाको घर नजिक पुगे पछि मिस कल । डेटिङ सिद्धिए पछि घर पुगेको सङ्केत पनि मिसकल बाटै हुने, फेरि अर्को म्यासेन्जरबाट पिरिम, फेसबुकबाट पिरिम । फेरि त्यस्ता अल्पकालीन पिरिम तुरुन्तै झर्याम झुरुम भइहाल्ने रहेछन् ।
अर्को कुरा क्या । अहिलेका फुर्सदिला म्याडमहरू म्यासेन्जरआँ कति फोन अर्न सक्या । त्यस्ता साना तिना कुरा नि के अर्नु । भ्यन्टा पकाउँदा ज्वाने फुराउनु अनि मिठो हुन्छ । तेरो अनुहारमा ग्लो नै छैन त ब्युटिपार्लर गइनस् । हेर्न मेरो पैसा सहकारीले खायो । एउटा रानीहार बनाउँला भनेको । ऐले बुढाले पैसै दिँदैनन् ।
होस गर है फेरि कतै बाहिरतिर !
ल धेरैमा दाजुभाइको लामो भलाकुसारी हुन पायो । हस् त।
०००
काठमाडौं








































Ramro