साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध घरका

कुनै इच्छा हाेला मन मगजमा साेध्न नभुलाैँ न हाैँ टाढा हामी सँगसँग बसी ज्ञान बटुला‌ैँ उनै खम्बा हाम्रा अनि पछि उनै दीप घरका खुसी मान्दै हाँस्छन् हरबखत यी वृद्ध घरका ।

Nepal Telecom ad

कमला पन्थी अधिकारी :

बुढ्याैलीले गर्दा तन मन भएकाे छ थकित
गरी सेवा धेरै हरदम बनाओैँ पुलकित
गराैँ श्रद्धा हाम्रा जनक जननी साथ रहँदा
खुसी मान्दै हाँस्छन् हरबखत यी वृद्ध घरका । १ ।

कुन‌ै बेला खाेज्लान् थकित तनले मिष्ठ वचन
कतै गर्लान् आशा घरपर हुँदा गान भजन
सधैँ आशा राख्ने प्रमुख घरका रक्षक खडा
खुसी मान्दै हाँस्छन् हरबखत यी वृद्ध घरका । २ ।

अवस्था कस्ताे हाे ? नरम चिजकाे सङ्ग्रह गरी
खुवाओैँ आफैले उदर भरियाेस् आग्रह गरी
सुनाैँ धेरै धेरै अनुभवहरू मान्यवरका
खुसी मान्दै हाँस्छन् हरबखत यी वृद्ध घरका। ३ ।

उनैले जन्माए तन मन दिई पालन गरे
भयाे वृद्धावस्था अनि त बिचरा ती हुन गए
सबै सुम्पे आफ्नाे जति पनि थियाे दाैलत बरा
खुसी मान्दै हाँस्छन् हरबखत यी वृद्ध घरका । ४ ।

कुनै इच्छा हाेला मन मगजमा साेध्न नभुलाैँ
न हाैँ टाढा हामी सँगसँग बसी ज्ञान बटुला‌ैँ
उनै खम्बा हाम्रा अनि पछि उनै दीप घरका
खुसी मान्दै हाँस्छन् हरबखत यी वृद्ध घरका । ५ ।

०००
काठमाडाैं
-भक्तपुर बुढ्यैली साहित्य समाजकाे अभ्यासबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
चाहिन्न दाह्री कवि बन्नलाई

चाहिन्न दाह्री कवि बन्नलाई

कमला पन्थी अधिकारी
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
घरघर जब छाेरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छाेरी रम्दछन्...

कमला पन्थी अधिकारी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x