साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपालको यो गति ?

हट्दा द्वन्द र शान्ति मेल अब ता भित्रिन्छ कि देशमा भन्ने आश थियो, सभासद चुन्यौँ ! छौ राक्षसी भेषमा ?? सुन्छौँ संसदमा कुटाकुट सधैँ कैल्यै नमिल्ने कुरो ! राष्ट्र खातिरमा सबै यदि भए ! के हो नमिल्ने चुरो ? ।

Nepal Telecom ad

शालिग्राम अर्याल :

डाँका हुन् अनि चोर हुन् असति हुन् यिन्ले नगर्ने गरे
छौ नेतृत्व कता ? सबै दल कता ? छन् क्वै कि सारा मरे ?
राणा, शाह अझै नि पञ्च अगुवा भन्दा अझै चौवर
खाए, भ्याइसके नि देश अब ता यिन्को नपर्ने भर ।१।

दुःखीमा नि समानता दिन भन्यौ झुक्याउँदै मानिस
ओहोदा लिइ देश ध्वंस किन हो ? भुक्याउँदै मानिस
लेखै खातिर संविधान, चुनियौ ! खायौ घिच्यौ सम्पति
गर्दै भंग नि संविधान छ सभा !! नेपालको यो गति ? !! ।२।

नेपाली जनयुद्ध भो ! जुलुस भो ! समृद्धिको चाहना
विश्वासै गरि घात, मात्र धन पो कुम्ल्याउने बाहना ! ?
पार्टी मेल हुँदैन, नाटक बढी ! मिल्ला र कैले अब ?
के बन्ला अब संविधान सजिलै ! उर्लन्छ जन्ता सब । ३।

हट्दा द्वन्द र शान्ति मेल अब ता भित्रिन्छ कि देशमा
भन्ने आश थियो, सभासद चुन्यौँ ! छौ राक्षसी भेषमा ??
सुन्छौँ संसदमा कुटाकुट सधैँ कैल्यै नमिल्ने कुरो !
राष्ट्र खातिरमा सबै यदि भए ! के हो नमिल्ने चुरो ? ।४।

०००
‘पुरानो पोको’ (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
भुलै भुल

भुलै भुल

शालिग्राम अर्याल
म यसरी बिग्रेको हुँ

म यसरी बिग्रेको हुँ

शालिग्राम अर्याल
बन्छौ तिमी पातकी

बन्छौ तिमी पातकी

शालिग्राम अर्याल
लागेर के हुन्छ र ?

लागेर के हुन्छ र...

शालिग्राम अर्याल
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x