साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म यसरी बिग्रेको हुँ

सानो दु:ख गरेर आर्जन गरौं भन्दा त डर्ने भएँ । सिल्ली काँतरभै पराधिन हुँदै साँच्चै म मर्ने भएँ ।। नेता चुन्न त दाम-जांँड नभए चुन्दै नचुन्ने भएँ । सत्यासत्य विवेक ब्रह्मदिलले गुन्दै नगुन्ने भएँ ।।

Nepal Telecom ad

शालिग्राम अर्याल :

यो ब्रह्माण्ड र विश्वको बिषयमा पढ्दै नपढ्ने भएँ ।
आफ्नो देश त भ्रष्टले निलिसके लढ्दै नलढ्ने भएँ ।।
जागा हौ, उठ ! भन्दछन् विदुषले उठ्दै नउठ्ने भएँ ।
जुट्नैपर्छ जुटौं, युवा भनिरहे जुट्दै नजुट्ने भएँ ।।१।।

शास्त्राध्यायन गर्न-जान्न मनले मान्दै नमान्ने भएँ ।
बृद्धा-बालकको दया र ममता जान्दै नजान्ने भएँ ।।
सेवा भाव समाजको अझ कतै राख्दै नराख्ने भएँ ।
बेस्या-मादक-तासमा मन गयो थाक्दै नथाक्ने भएँ ।।२।।

आस्था-भक्ति लिएर नाम हरिको पुज्दै नपुज्ने भएँ ।
ज्ञानी बन्न सुझाउँछन् सबजना सुझ्दै नसुझ्ने भएँ ।।
उठ्छन् रीस रिसाउँदै हरघडी हाँस्दै नहाँस्ने भएँ ।
बाको अर्ति छ गाँस दिब्य पिरती ! गाँस्दै नगाँस्ने भएँ ।।३।।

ज्यादै रम्दछु जाँड-भाङसँग हे छोड्दै नछोड्ने भएँ ।
भ्याएँ पैतृक दौलतादि अहिले जोड्दै नजोड्ने भएँ ।।
छोडें धर्म र संस्कृती अतितका हेर्दै नहेर्ने भएँ ।
बा-आमा-गुरुका भनाइ रसिला टेर्दै नटेर्ने भएँ ।।४।।

भाषा-भेष र छन्द ज्ञान कहिल्यै सिक्दै नसिक्ने भएँ ।
आफ्नै अक्किल बुद्धिले सुरचना झिक्दै नझिक्ने भएँ ।
आफ्नै पौरखले कमाइ गतिलो खाँदै नखाने भएँ ।
गाडी छैन भने छिमेक घरमा जाँदै नजाने भएँ ।।५।।

सानो दु:ख गरेर आर्जन गरौं भन्दा त डर्ने भएँ ।
सिल्ली काँतरभै पराधिन हुँदै साँच्चै म मर्ने भएँ ।।
नेता चुन्न त दाम-जांँड नभए चुन्दै नचुन्ने भएँ ।
सत्यासत्य विवेक ब्रह्मदिलले गुन्दै नगुन्ने भएँ ।।६।।

०००
नलाङ, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
भुलै भुल

भुलै भुल

शालिग्राम अर्याल
बन्छौ तिमी पातकी

बन्छौ तिमी पातकी

शालिग्राम अर्याल
लागेर के हुन्छ र ?

लागेर के हुन्छ र...

शालिग्राम अर्याल
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x