साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुटनीति

यदि कसैले लिव टुगेदरमा बसेर महिला गर्भवती भई भने उसले न्याय पाउँछे। किनकी पुरूषलाई उसँग विवाह गर्नैपर्ने छ।"- भूपसिंहले सुनायो।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे

“अब हाम्रो देशमा लावारिश बालबालिकाहरू फेला पर्ने छैनन्।” भूपसिंहले चियाको चुस्कि लिंदै भन्यो।आज उ प्रसन्न मूद्रामा देखिन्थ्यो।
“सरकारले नयाँ योजना ल्यायको छ र सर ?” नजिकै बसेका रिमालले प्रश्न गरे।

“अहिले सरकारले जसले बद्मासी गर्छ त्यसलाई छोप्ने कानुन ल्याउँदै छ। त्यो कुनै पनि अवस्थामा आफ्नो जिम्मेवारीबाट भाग्न सक्दै सक्दैन। “भूपसिंह नभएका जुवाँतिर हात लतार्दै भने।
अरू यता उता बसेका ग्रहाकहरू भूपसिहँको व्यवहार देखेर चिया पिउन छाडी मुसुमुसु हाँस्दै थिए।

“अहिले त खासै राम्रो योजना आए छ की क्या हो “- रिमाल पनि मुस्कुराउँदै भन्यो।
“अनि सर कस्तो योजना हो भन्न मिल्ने भए भनिदिनुन ” रिमालले भूपसिहँसँग अनुरोध गर्दै थप माग राख्यो।
“अहिले यो पास भएको छैन धेरै हल्ला नगर्नु तिमिलाई मात्र सुटुक्कै भन्छु। यो प्रस्ताव मैले नै राखेको हो सदनमा ।” उसले यताउता हेर्दै सुस्तरी भन्यो।

“किन भनौँला सर ! म हजुर भन्दा बाहिरको परिन जे भनेपनि हाम्रै बिचमा रहन्छ।” रिमालले विश्वास दिलायो।
“सुन ! अहिले हामीले ल्याएको नीति होइन कुट्नीति हो। यदि कसैले लिव टुगेदरमा बसेर महिला गर्भवती भई भने उसले न्याय पाउँछे। किनकी पुरूषलाई उसँग विवाह गर्नैपर्ने छ।”- भूपसिंहले सुनायो।

“सर ! यदि पुरूष विवाहित भए के हुन्छ ?” रिमालले केही सोंचे झैं गर्दै प्रश्न गरे।
“धत्तेरीका कस्तो कुरा नबुझेको हो । चाहे उसको घरमा दुइटी हाेउन् उसलाइ स्यार्न कर छ।”- भूमसिंहले जोडले भन्यो।

०००
दाङ, घोराही १८
२०-०४-२०८२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
विवाह

विवाह

सुरेशकुमार पाण्डे
चट्टान्

चट्टान्

सुरेशकुमार पाण्डे
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
0
Would love your thoughts, please comment.x
()
x