साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफ्नै राष्ट्र चुसेर मर्न नपरोस्

थुप्रै छन् व्यभिचार, हट्न नसके भड्कन्छ हिँसा अझै सत्ता शासनमा सशक्त नभए सल्कन्छ आगो सबै । जो आए पनि मर्दको वदनमा आऊ स्वदेशी हुन आफ्नै राष्ट्र चुसेर मर्न नपरोस् चोला उठेको दिन ।।

Nepal Telecom ad

नदी भट्टराई :

शिक्षाको जगबाट हुर्कन सके बन्छन् सबै शिक्षित
मन्त्रोच्चारण शुद्ध छन् यदि भने बन्छन् सबै दीक्षित ।
हाम्रा यी जनचेतना हृदयमा ताजा रहोस् कञ्चन
आफ्नै राष्ट्र चुसेर मर्न नपरोस् चोला उठेको दिन ।।१।।

खाली छन् घरबार सौम्य घरमा छैनन् युवा देशमा
चर्कन्छन् जब लोकतन्त्र वयझैँ नौला सयौँ भेषमा ।
बाक्लै श्वान भुकेर तर्सन सके हट्थ्यो कि कालो दिन
आफ्नै राष्ट्र चुसेर मर्न नपरोस् चोला उठेको दिन ।।२।।

बाँड्ने वस्तु त होइनन् मुलुक यो प्राप्ताङ्क आयो कति ?
सानो सुन्दर शान्त यो मुलुकले पायो अझै दुर्गति ?
हामी रोज्न सकौँ विशाल हृदयी छाती भएको जन
आफ्नै राष्ट्र चुसेर मर्न नपरोस् चोला उठेको दिन ।।३।।

छाप्रामा पनि बस्दछन् जनहरू यो देशका ईश्वर !
खोजे मिल्छ अभाव, रोगसँगको सङ्घर्षको जन्जिर।
धीरोदात्त बनेर आउनुहवस् कोही भए अर्जुन !
आफ्नै राष्ट्र चुसेर मर्न नपरोस् चोला उठेको दिन ।।४।।

थुप्रै छन् व्यभिचार, हट्न नसके भड्कन्छ हिँसा अझै
सत्ता शासनमा सशक्त नभए सल्कन्छ आगो सबै ।
जो आए पनि मर्दको वदनमा आऊ स्वदेशी हुन
आफ्नै राष्ट्र चुसेर मर्न नपरोस् चोला उठेको दिन ।।५।।

०००
इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x