साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्ताे प्रजातन्त्र हाे ?

तानातान र हानथाप जहिले तेराे र मेराे भनी सत्तामा कसरी पुगूँ र दलकाे झण्डा उचालूँ अनि भन्ने ध्येय सदैव मात्र अहिले नारा छ मात्रै मिठाे आधा पेट भरेर बस्छ जनता कस्ताे प्रजातन्त्र हाे ? ।

Nepal Telecom ad

कमला पन्थी अधिकारी :

राणाशासन झैं भयाे किन यहाँ सत्ताटिकाऊ थलाे
नेता छन् कति स्वार्थमा रुमलिने गर्थे कहाँ ती भलाे
भ्रष्टाचार बढी सधैं मुलकमा के तन्त्र के मन्त्र हाे
रुन्छन् ती विचरा निरीह जनता कस्ताे प्रजातन्त्र हाे ?। १ ।

वाचा गर्न सिपालु भाेट बटुली सत्ता समाले पछि
बिर्सन्छन् जनभाेट माेल जहिले भत्ता समाए पछि
जाेत्छन् खेत गरा परन्तु उनकाे सम्मान गर्दाे छ काे ?
कुर्चीमाेह यहाँ असाध्य छ बढी कस्ताे प्रजातन्त्र हाे ? ।२ ।

आँखा नाक दुख्याे भने परतिरै नेताहरू पुग्दछन्
याैटा क्याप्सुलकाे अभाव हुन गै निर्धाहरू मर्दछन्
जाे जाे छन् बलवान् झनै अघिबढे निर्धाे सधैं निम्छराे
स्वार्थै मात्र जहाँतही छ अहिले कस्ताे प्रजातन्त्र हाे ?। ३ ।

गर्छन् शासन नै समस्त जनले भन्ने छ सिद्धान्तत:
मात्रै कागजमा भए सब कुरा गर्छन् कहाँ पालन ?
साँढेकाे छ बथान जुध्छ जहिले बाच्छा मिचे के भयाे ?
त्यस्तै नै अहिले भयाे मुलुकमा कस्ताे प्रजातन्त्र हाे? ?। ४ ।

तानातान र हानथाप जहिले तेराे र मेराे भनी
सत्तामा कसरी पुगूँ र दलकाे झण्डा उचालूँ अनि
भन्ने ध्येय सदैव मात्र अहिले नारा छ मात्रै मिठाे
आधा पेट भरेर बस्छ जनता कस्ताे प्रजातन्त्र हाे ? । ५ ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चाहिन्न दाह्री कवि बन्नलाई

चाहिन्न दाह्री कवि बन्नलाई

कमला पन्थी अधिकारी
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
घरघर जब छाेरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छाेरी रम्दछन्...

कमला पन्थी अधिकारी
कठै ! वृद्ध जनले

कठै ! वृद्ध जनले

कमला पन्थी अधिकारी
भन रामलखन !

भन रामलखन !

निमेश निखिल
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
चाहिन्न दाह्री कवि बन्नलाई

चाहिन्न दाह्री कवि बन्नलाई

कमला पन्थी अधिकारी
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए...

हरिभक्त कटुवाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x