साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कर्मदा सृजना मञ्चको ३८ औँ रचनावाचन सम्पन्न

प्रमुख आमन्त्रित डा. बमबहादुर थापा जिताली र विशेष व्यक्तित्वमा पुरुषोत्तम सिग्देल समीक्षक कलानिधि दाहालज्यूको गरिमामय उपस्थितिमा प्रविधिमैत्री कविगोष्ठी भव्य किसिमले सम्पन्न भएकाे हाे ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ असार २० । कर्मदा सिर्जना मञ्च पाउँदीबजार लमजुङको ३८ औँ मासिक रचना वाचन एवं २०११ औँ भानु जयन्ती विशेष कविगोष्ठी सम्पन्न भएको छ ।

कार्यक्रमको सञ्चालन र अध्यक्षता कविवर जगदीश्वर पोख्रेलले गर्नुभयो । प्रमुख आमन्त्रित डा. बमबहादुर थापा जिताली र विशेष व्यक्तित्वमा पुरुषोत्तम सिग्देल समीक्षक कलानिधि दाहालज्यूको गरिमामय उपस्थितिमा प्रविधिमैत्री कविगोष्ठी भव्य किसिमले सम्पन्न भएकाे हाे ।

जगदीश्वर पोख्रेलले स्रग्विणी छन्दकाे १ श्लोक स्वागतमा वाचन गरेपछि आरम्भ भएको कार्यक्रममा रचनावाचन गर्नुहुने कविगणमा- १. लक्ष्मीप्रसाद मिश्र (छोटो स्वागत मन्तव्यसहित)-“भानुलाई सम्झिँदा… दुई पद्यको मुक्तक लोकलयमा, २. मुकुन्द शर्मा चालिसे यौटा प्रस्ताव…. भुजङ्गप्रयातमा र भानु सम्बन्धी मन्तव्य, ३. दुर्गा अधिकारी भमरकोटे भानुमा समर्पण सुसेली, ४. दुर्गाप्रसाद सिग्देल – “यै राष्ट्र भाषा भयो” शार्दूलविक्रीडितमा, ५. शारदा कार्की रम्नु भो भानुभक्त… मालिनीमा, ६. जनार्दन धिकारी धड्कन भानुभक्त उल्टो देख्दै छु… अनुष्टुप्मा, ७. सुरेशचन्द्र घिमिरे तिमी भानुभक्त… गद्यमा, ८. गङ्गा लिगल- हाम्रो निधि… गद्यमा र भानु सम्बन्धी मन्तव्य , ९. चन्द्रावती अधिकारी भानुमा श्रद्धाञ्जलि… मन्दाक्रान्तामा, १०. गोम विक्रम भानु… मुक्तकमा हुनुहुन्थ्याे ।

त्यसै गरी ११.वीरबहादुर लोहनी- “असार महिना… असारे झ्याउरेमा, १२. ललिता खरेल दोषी सपुत राष्ट्रका… गद्यमा, १३. गणेश आत्रेय भगवन् जान म आएँ …मात्रिक ललितमा र भानु सम्बन्धी मन्तव्य, १४. सुधा बाँस्कोटा ढकाल भानुलाई पुष्प अर्पण… पञ्चचामरमा १५. गङ्गा भण्डारी भानुको कविता, १६.गोविन्दप्रसाद घिमिरे वेदमणि असारेगीत… असारे झ्याउरेमा र भानु सम्बन्धी मन्तव्य .” १७. कल्पना भट्टराईं भानुको सम्झना पञ्चामरमा, १८. पुरुषोत्तम सिग्देलले घाँसी र भानु भुजङ्गप्रयातमा र भानु सम्बन्धी मन्तव्य र कलसनिधि दाहालको रचनाको समीक्षा गर्नु भयो १९. कलानिधि दाहाल- कल्प आकल्प… अनुष्टुप्मा भानु सम्बन्धी थोरै मन्तव्य र ” आज वाचन गरिएका रचनाको ससुललित समीक्षा गर्नु भयो ।

डा. बमबहादुर थापा जितालीले भानु र मोतीको… शार्दूलविक्रीडितमा , प्रमुख आमन्त्रितोको भानुसम्बन्धी मन्तव्य दिइएकाे थियाे ।

जगदीश्वर पोखरेल भानु… इन्दिरा छन्दमा रचना वाचित भएपछि कार्यक्रमको विधिवत समापन गर्नुभयो !!

०००
– खाेलाघरे साहिँलाेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x