साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘पठन संस्कृति आवश्यकता, चुनौती र सम्भावना’ विषयक गोष्ठी सम्पन्न

नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल बालसाहित्य समाजको सहकार्यमा बालसाहित्य समाजका आजीवन सदस्य केशरी अम्गाईले ‘बालबालिकामा पठन संस्कृति आवश्यकता, चुनौती र सम्भावना’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

Nepal Telecom ad

काठमाडौं, २०८१ असार १९ । नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल बालसाहित्य समाजको सहकार्यमा बालसाहित्य समाजका आजीवन सदस्य केशरी अम्गाईले ‘बालबालिकामा पठन संस्कृति आवश्यकता, चुनौती र सम्भावना’ विषयक कार्यपत्र प्रस्तुत गर्दै गाेष्ठी सम्पन्न भएकाे छ ।

गोष्ठीमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा बालसाहित्य विभाग प्रमुख विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले बाल्यकालदेखि नै बालबालिकामा पुस्तक पढ्ने बानी लगाउनुपर्नेमा जोड दिँदै बाल्यकालको अध्ययन जीवनभरका लागि काम लाग्ने बताउनु भएको थियोे । उहाँले “मैले बाल्य र किशोरकालमा पढेका पुस्तकहरूकै कारण आज लेखकको रूपमा उभिन सकेको हुँ“ भन्नु हुँदै बालबालिकाको मनोविज्ञानलाई पठन संस्कृतिमा आकर्षित गर्नुपर्ने दायित्व हामी सबैको हो भन्नु भयाे ।

गोष्ठीमा नेपाल प्रज्ञा -प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै स्वागत मनतव्य राख्नु भएको थियो । उहाँले प्रज्ञा-प्रतिष्ठान र बालसाहित्य समाजबिच सम्झौता गरेर बालसाहित्य शृङ्खलाको आयोजना गर्दै आएका छौँ ।बालसाहित्यकारहरू बिच बालचित्र कथालेखन कार्यशाला, बालबालिकाबिच उपत्यकाव्यापी कथालेखन प्रतियोगिता र बालपुस्तकको प्रदर्शनी आयोजना भइसकेको छ ।

बालसाहित्यलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउने उद्देश्यले २०८१ असोज ४ देखि ६ गतेसम्म प्रज्ञा-प्रतिष्ठान र बालसाहित्य समाजको सहकार्यमा अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलनको आयोजना हुने कुरा बताउनु भएको थियोे । उक्त कार्यक्रममा २५ जना विदेशी बालसाहित्यसँग सम्बन्धित स्रष्टाहरू र १००जना नेपाली बालसाहित्यका स्रष्टाहरूको सहभागिता रहने छ भन्नु भएको थियो ।

गोष्ठीमा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिकशास्त्र विभाग प्रमुख डा.कौशिला रिसालले बालसाहित्य समाजका आजीवन सदस्य केशरी अम्गाईद्वारा लिखित ’बालबालिकामा पठन संस्कृति आवश्यकता, चुनौती र सम्भावना’ विषयक कार्यपत्रमाथि टिप्पणी गर्दै बालबालिकाको पठन संस्कृतिमा शिक्षकसँगै अभिभावकको भूमिका पनि त्यतिकै महत्त्वपूर्ण रहेको हुन्छ। यससँग सम्बन्धित अरु कुरा पनि कार्यपत्रमा उल्लेख हुनुपर्ने उहाँले बताउनु भएको थियो ।

गोष्ठीमा बाल साहित्य समाजका आजीवन सदस्य डा.सीतादेवी पन्थीले बालबालिकाको पठनसंस्कृति र अभ्यासमा ह्रास आउनुमा शिक्षकको मात्रै दोष हुँदैन, अभिभावक पनि त्यतिकै चनाखो हुनुपर्छ भन्दै उक्त कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियोे ।

गोष्ठीमा सहभागीका तर्फबाट प्राज्ञ प्रकाश तिवारी, विजयराज न्यौपाने, इन्दिरा दली, शान्ता दाहाल, डा.मेघनाथ ढकाल, वेदमणि घिमिरे, सन्तोष बस्नेत, यशु श्रेष्ठ र माधव घिमिरे ‘अटल’ले आआफ्ना जिज्ञासासहित सुझाव दिनुभएको थियो ।

गोष्ठीका सभाध्यक्ष तथा नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले बालबालिकाको पठन संस्कृतिसँग धेरै कुरा जोडिएका हुनाले यसको प्रवर्द्धनमा सबै पक्षको सहयोग र सहभागिता आवश्यक रहेको बताउनुभएको थियो । कार्यक्रम नेपाल बालसाहित्य समाजका महासचिव विजयराज आचार्यले सञ्चालन गर्नुभएको थियो ।

०००
–  प्राज्ञ चेतनाथ धमलाद्वारा सम्प्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x