साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रुवाएर सपना जगतको हुण्डरी विनाश गर्दछ

वनमारा, तरमारा सबैलाई बर्खाको भेल मलिलो छ मिहेनत बेगरको आम्दानी स्वादिष्ट र पोषिलो छ लहरा जस्तै तन्केर बारीका कान्ला, डोर डगर छ चारै दिशा फैलिएर जरा गाडेर बसेको छ ।

Nepal Telecom ad

राजाराम बर्तौला :

बर्खे झरीले वनपाखा रुझेको छ
चट्टान पनि रसाएर पहाड भिजेको छ
तर्किन्छन् आँसु कति पहाडका भित्ताहरु फुटेर
खै के नपुगेर हो कुनि आकाश रिसाएको छ ।

मुल फुट्नु त चेतनाको पो फुट्नु
बाढीको भेल बनेर खेत पसेको छ
गरीबको पेटमा लात बजारेर
उन्मुक्त अट्टहास गर्दै गर्जिएको छ ।

अविवेकी ऊ अरुमा आफ्नै रुप देख्दछ
अगस्ती घोप्टे आसुरी शव्दवाणले घोच्दछ
रमाई परपीडामा स्वार्थ आफ्नो मेटाउँछ
बर्खे भेल सोहरेर आफ्नै पेट भर्दछ ।

वनमारा, तरमारा सबैलाई बर्खाको भेल मलिलो छ
मिहेनत बेगरको आम्दानी स्वादिष्ट र पोषिलो छ
लहरा जस्तै तन्केर बारीका कान्ला, डोर डगर छ
चारै दिशा फैलिएर जरा गाडेर बसेको छ ।

कसैलाई रुमानी छ प्रकृतिको बरदान बर्खाको भेल
कसैलाई कहर छ दर्केर पर्ने पानीको अविवेकी खेल
बर्खाको बादल सेतै देखिए पनि पानी झार्दछ
रुवाएर सपना जगतको हुण्डरी विनाश गर्दछ ।

०००
हेटौडा, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुन जोगी आए पनि कानै चिरेको

जुन जोगी आए पनि...

राजाराम बर्ताैला
युद्ध जारी छ

युद्ध जारी छ

राजाराम बर्ताैला
कुराको कुराउनी

कुराको कुराउनी

राजाराम बर्ताैला
आत्माभिमान

आत्माभिमान

राजाराम बर्ताैला
भातमारा र तरमारा

भातमारा र तरमारा

राजाराम बर्ताैला
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x