राजाराम बर्ताैलारुवाएर सपना जगतको हुण्डरी विनाश गर्दछ
वनमारा, तरमारा सबैलाई बर्खाको भेल मलिलो छ मिहेनत बेगरको आम्दानी स्वादिष्ट र पोषिलो छ लहरा जस्तै तन्केर बारीका कान्ला, डोर डगर छ चारै दिशा फैलिएर जरा गाडेर बसेको छ ।

राजाराम बर्तौला :
बर्खे झरीले वनपाखा रुझेको छ
चट्टान पनि रसाएर पहाड भिजेको छ
तर्किन्छन् आँसु कति पहाडका भित्ताहरु फुटेर
खै के नपुगेर हो कुनि आकाश रिसाएको छ ।
मुल फुट्नु त चेतनाको पो फुट्नु
बाढीको भेल बनेर खेत पसेको छ
गरीबको पेटमा लात बजारेर
उन्मुक्त अट्टहास गर्दै गर्जिएको छ ।
अविवेकी ऊ अरुमा आफ्नै रुप देख्दछ
अगस्ती घोप्टे आसुरी शव्दवाणले घोच्दछ
रमाई परपीडामा स्वार्थ आफ्नो मेटाउँछ
बर्खे भेल सोहरेर आफ्नै पेट भर्दछ ।
वनमारा, तरमारा सबैलाई बर्खाको भेल मलिलो छ
मिहेनत बेगरको आम्दानी स्वादिष्ट र पोषिलो छ
लहरा जस्तै तन्केर बारीका कान्ला, डोर डगर छ
चारै दिशा फैलिएर जरा गाडेर बसेको छ ।
कसैलाई रुमानी छ प्रकृतिको बरदान बर्खाको भेल
कसैलाई कहर छ दर्केर पर्ने पानीको अविवेकी खेल
बर्खाको बादल सेतै देखिए पनि पानी झार्दछ
रुवाएर सपना जगतको हुण्डरी विनाश गर्दछ ।
०००
हेटौडा, मकवानपुर
Subscribe
Login
0 Comments
Oldest







































