विदुर अधिकारीवृद्ध अवस्था
जतिजति घरमा, वृद्ध हाँस्छन् रमेर उतिउति भव यो, स्वर्ग बन्नेछ हेर मनन गर मिली, वृद्धका यी कहानी यदि सकस हरे, बन्छ साँचो बिहानी।

विदुर अधिकारी :
गलित तन हुँदा, वृद्धलाई समस्त
सकस अति हुने, थुप्रिँदा धेर कष्ट
घर वरपरमा, बिग्रदैँछन् अवस्था
बुझ न सुजन हो, वृद्धका ती समस्या।
(१)
अधिक दुख भयो, जिन्दगी काट्नलाई
सकस प्रलय भो, भन्दछ्न् वृद्ध आई
वचन अति सुनी, दिक्क भो बाँच्नलाई
बरु मरण निको, मार बाबै मलाई।
(२)
विरह जब सुनेँ, वृद्धका ओठबाट
मन विचलित भो, देखिँदा त्यो ललाट
भुवनबिच हरे !, वृद्धलाई रुवाई
नबस मनुज हो, राख राम्रो खुवाई।
(३)
खुससित अहिले, बस्दछौ जे समाई
बुझ सब चिज ती,वृद्धकै हुन् कमाई
कटु सत बुझिँदै, कत्ति हेलाँ नगर्नू
अनुपम बनिदै, मान सम्मान भर्नू।
(४)
जतिजति घरमा, वृद्ध हाँस्छन् रमेर
उतिउति भव यो, स्वर्ग बन्नेछ हेर
मनन गर मिली, वृद्धका यी कहानी
यदि सकस हरे, बन्छ साँचो बिहानी।
(५)
०००
चितवन







































आहा!!आभारी छु!!