अमर सन्ततिपाँच ठोक्तक
तोप बारुद बम गोलाले भुट्न सकेनथ्यो एकढिक्का थ्यो स्वाभिमान फुट्न सकेनथ्यो लुटे आज मेरो देश यहीँका हात्तीछापले, विश्व लुट्ने साम्राज्यले लुट्न सकेनथ्यो ।

अमर सन्तति :
१.
विरोधीलाई अचाउँने कुरा बाटेरै हो
आफ्नो दोष बचाउँने कुरा ढाँटेरै हो
गरौँ भने छैन काम, काट्नै पर्यो दिन,
खाएको चीज पचाउँने कुरा काटेरै हो ।
२.
तोप बारुद बम गोलाले भुट्न सकेनथ्यो
एकढिक्का थ्यो स्वाभिमान फुट्न सकेनथ्यो
लुटे आज मेरो देश यहीँका हात्तीछापले,
विश्व लुट्ने साम्राज्यले लुट्न सकेनथ्यो ।
३.
कतै स्वास्थ्य चौकी छैन भ्युटावर बनाउँछ
कतै पढ्ने स्कुल छैन भ्युटावर बनाउँछ
मेरो देशको सरकार पनि लाग्दछ अचम्मको ,
कतै खोला तर्ने पुल छैन, भ्युटावर बनाउँछ ।
४.
पक्षपाती छ भन्दाभन्दै विश्वास गरियो
नजाती छ भन्दाभन्दै विश्वास गरियो
पश्चात्तापले मन पोलेको छ अचेल,
ऊ घाती छ भन्दाभन्दै विश्वास गरियो ।
५.
सधैँभरि अरुलाई ढाँटी छली खानु परोस्
अरुको प्रगतिमा जलीजली जानु परोस्
शुभकामना तिमीजस्तो महान परपीडकलाई,
अन्तिमबेला सारा कष्ट पोको पारी लानुपरोस् ।
०००
रामेछाप, हाल भक्तपुर
Subscribe
Login
0 Comments
Oldest







































