साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जस्तालाई त्यस्तै

हामी दुवैलाई थाहा छ, व्यापारमा खरिद मात्र हुँदैन, विक्री पनि हुन्छ । म तिम्रो श्रीमती सँगसँगै असल व्यापारिक सहयोगी पनि त हूँ । त्यसैले तिमी त्यहाँ जे खरिद गर्दैछौ, मैले त्यो यहाँ बेच्न सुरु गरिसकेंँ !

Nepal Telecom ad

मीनप्रसाद लामिछाने :

दिपक काठमाडौंको फैन्सी व्यापारी । व्यापारको सिलसिलामा ऊ हङकङ, थाइलैण्ड आदि देशहरूमा गइरहन्छ । यता उसकी श्रीमती मीना उसलाई व्यापारमा सघाउँछे । र, दीपक घरमा नभएको बेला बहिनी गीतालाई साथी बोलाउँछे । एक दुई दिन विदेश वसेर फर्कने मान्छे यसपटक दुइहप्ता भइसक्दा पनि दिपक घर फर्केको थिएन ।

फोन गर्दा जतिवेला पनि “खरिदारी सकिएको छैन, नहतारिएन,आईहाल्छु नि” मात्र भन्छ । दीपकको व्यवहारले मीनाको मनमा चिसो पस्यो । मीनाले दीपकको साथी गीरिशलाई भेटी जो दिपकसँगै देश विदेश गरिरहन्थ्यो ।

गीरिशमार्फत् दीपक थाइलैण्डमा एउटा विदेशी आइमाईसँग लहसिएको कुरा मीनाले थाहा पाई । अनि उसले त्यसैदिन दीपकलाई एउटा पत्र ईमेल गरी । त्यसको पर्सिपल्ट विहानै दीपक टुप्लुक्क घरभित्र पसे । भिनाजु यसरी हठात् आएको देखेर गीता छक्क परीं । के लेखी दिदि मीनाले पत्रमा ? त्यत्रो फोनगर्दा नआउने मान्छे !

मीना भान्सामा छिर्ने बित्तिक्कै गीताले उसको ईमेल खोलेर हेरी । पत्रमा लेखिएको थियो “दीपक, मैले बुझेँ तिम्रो समस्या । अब फुर्सदले खरिदारी गरे हुन्छ । हामी दुवैलाई थाहा छ, व्यापारमा खरिद मात्र हुँदैन, विक्री पनि हुन्छ । म तिम्रो श्रीमती सँगसँगै असल व्यापारिक सहयोगी पनि त हूँ । त्यसैले तिमी त्यहाँ जे खरिद गर्दैछौ, मैले त्यो यहाँ बेच्न सुरु गरिसकेंँ !”

०००
हेटौंडा ४

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
2 years ago

वाह !

Nepal Telecom ad
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
पूजापाठ

पूजापाठ

मीनप्रसाद लामिछाने
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
1
0
Would love your thoughts, please comment.x
()
x