साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चम्चाहरूदेखि सावधान

हाँस्छन् हँसाउँछन् लुकाएर क्लेस हृदयमा बोल्छन् झुटो सधैँ, हुन्न शब्दमा तटस्थता जसले तेस्रो आँखाले देख्छन् सत्यका रङ्ग, दिन्नन् चम्चाहरू सँगत गर्न, उनीहरूसँग ।

Nepal Telecom ad

प्रशान्त खरेल :

चम्चा सधैँ किन प्राय अति राम्रा नै देखिन्छन्
चम्चा मात्र हो गमक्क परेरै भाँडामा बस्छन्
चम्चा भाँडामा नराख भनौँ भाँडा रित्तो हुन्छन्
चम्चा राखे त्यसमा तब भाँडा नै रित्तो बन्छन् ।

चम्चा नै हो गुनगुन, गरी हाँस्ने हँसाउने
कुल्चिदै ति सत्य भुवनका पातालै पठाउने
तिम्रै बुद्धि ज्ञान ति सब भन्दा ठुलो देखिन्छ नि
भन्दै पार्ने भ्रम सत्य र ईमान् धुलो देखिन्छ नि ।

हाँस्छन् हँसाउँछन् लुकाएर क्लेस हृदयमा
बोल्छन् झुटो सधैँ, हुन्न शब्दमा तटस्थता
जसले तेस्रो आँखाले देख्छन् सत्यका रङ्ग,
दिन्नन् चम्चाहरू सँगत गर्न, उनीहरूसँग ।

सावधान रहनु सधैँ, अतिनै होशियार हुनु साथी
सत्य पचाउने सामर्थ्य हराए पछि हुँदैन है उन्नती
गौरवका साथ भनौँ मसँग आफ्नै हात छ काफी
चाहिन्न कुनै प्लेटमा सजाएर राखेको सेतो हात्ती ।

०००
जावलाखेल, ललितपुर
२०८१।०६।०७

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Ram Prasain
Ram Prasain
1 year ago

गज्जब लाग्दो रहेछ – चम्चा महात्मेय
झन्झन् उक्लँदो रहोस् – खादा पुराणे …

Nepal Telecom ad
भागिसकेको साँढे

भागिसकेको साँढे

प्रशान्त खरेल
मुस्कानको भाषा

मुस्कानको भाषा

प्रशान्त खरेल
यो शहरमा ?

यो शहरमा ?

प्रशान्त खरेल
समाजवादी ठिटो

समाजवादी ठिटो

प्रशान्त खरेल
जय सियारामजी कि

जय सियारामजी कि

प्रशान्त खरेल
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
1
0
Would love your thoughts, please comment.x
()
x