भागिसकेको साँढे
पिपलपाते स्क्भाव देखेर धेरै चोटि झस्किएथ्यौँ झुक्किएर विश्वास गरेको ऋण आज तिराएछौ ।
प्रशान्त खरेल :
भागिसकेको साँढे फेरि बालितिरै फिराएछौ
विश्वास थिएन साँच्चै रै’छ हिँड्ने बाटो बिराएछौ
हाम्रो अस्तित्वको रक्षा गर्ने, तिम्रो जिम्मा थियो
रसातलमा तिमी भासिँदा, नुर हाम्रो गिराएछौ
छेक्न सक्छन् बाटो भनेर खवरदारी गर्न राख्यौँ
आज हाम्रै टाँग मुन्तिर घोचो तिम्ले छिराएछौ
जान्न खोज्दा सत्य नबोली, किन गर्छौ उल्टै प्रश्न
दास बन्न स्वीकार गरेर, सबैलाई पिराएछौ
पिपलपाते स्क्भाव देखेर धेरै चोटि झस्किएथ्यौँ
झुक्किएर विश्वास गरेको ऋण आज तिराएछौ ।
०००
कोटेश्वर, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest