साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समाजवादी ठिटो

विगुल फुक्दै युद्धको गरीब, निमुखा र पिछडिएका वर्गको मुक्तिका लागि आफ्नो वलिदानीको संकल्प गर्दछ पूँजी वजारको नव शक्तिशाली खेलाडी अर्थात, समाजवादी ठिटो ।

Nepal Telecom ad

परिवर्तनको उत्कट चाहना लिएका
नरनारीहरूको समुन्द्रमा
चम्किलो प्रकाशले सुशोभित
एउटा स्वरूप उभिएको छ
हातमा हल्लाउँदै एप्पलको फोन
बेलाबेलामा नाडीमा बाँधिएको
रोलेक्स घडितर्फ नजर लगाउँछ

हिराजडित स्वणर् औंठि लगाएको साहिँली औंलाले
बेन्टले प्लाटिनम चस्मा मिलाउँछ

चस्मा थामिरहेका उसका दुबै कानमा
पिङ्ग खेलिरहेका छन्
दुई थान तोले मुन्द्रीहरू
उसको भाषणको सुरमा सुर मिलाउँदै
रम्भाले भन्दा उम्दा तालमा
नाचिरहेका मुन्द्रीहरूसँग ताल मिलाउन
सकस परेको छ एकथान कण्ठ स्वणर् सिक्रीलाई

कण्ठ सिक्रीको दुःखमा दुःख मिलाउँदै
जर्मन लेदर ज्याकेटको पकेटभित्र
गुम्सिरहेको ल्याण्डरोभर कारको साँचो
बेलाबेलामा बिद्रोह गर्दै सहयोगको याचना गर्दछ
खुट्टाले थिचिएका एकथान इटालियन ब्राण्डका जुत्तासँग
जो आफै हिनताबोधले लज्जित भएर हारेका छन्
शिरमा सुशोभित भ्यालेन्टिनो ब्राण्डको ह्याटसँग

शीरको ह्याट ड्यासमा राखेर
ओजपूर्ण आवाजमा
सम्पूर्ण नरनारीमा उत्साह र नवीन उर्जा प्रवाह गर्दै
पूँजीवाद, विस्तारवाद र साम्राज्यवादको विरूद्ध
विगुल फुक्दै युद्धको
गरीब, निमुखा र पिछडिएका वर्गको मुक्तिका लागि
आफ्नो वलिदानीको संकल्प गर्दछ
पूँजी वजारको नव शक्तिशाली खेलाडी
अर्थात,
समाजवादी ठिटो ।

०००
गोकर्णेश्वर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भागिसकेको साँढे

भागिसकेको साँढे

प्रशान्त खरेल
चम्चाहरूदेखि सावधान

चम्चाहरूदेखि सावधान

प्रशान्त खरेल
मुस्कानको भाषा

मुस्कानको भाषा

प्रशान्त खरेल
यो शहरमा ?

यो शहरमा ?

प्रशान्त खरेल
जय सियारामजी कि

जय सियारामजी कि

प्रशान्त खरेल
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x