साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नराख तौलिया कुर्सीमा

तिमीले कुर्सीमा पट्याएर राखेको तौलियाको कारणले देशमा गरिबी बढेको छ क्षतविक्षत भएको छ राष्ट्रको माटो ।

Nepal Telecom ad

सरकार ब्यग्र छ काम गर्न
मग्न भएर लागेको छ व्यथा हर्न
जनता र जनजिविकाको सवालमा
जानेको छैन कसैसँग झुक्न
तर
उसले चालेका हरेक कदमहरू
गरिबी घटाउन खेलेका भूमिकाहरू
महँगी घटाउने जपनाहरू
उज्यालो नेपाल बनाउने सपनाहरू
सुखी जनता हेर्ने कामनाहरू
समृद्ध नेपाल बनाउने संकल्पहरू
कुनै पुरा भएका छैनन्
असफल भैरहेका छन्
ए जनताका सेवकहरू हो
ए राष्ट्र सेवकहरू हो
नराख तौलिया कुर्सीमा
किन कि कृपा त्यहीँ अड्किरहेको छ

तिमीले कुर्सीमा पट्याएर राखेको
तौलियाको कारणले
देशमा गरिबी बढेको छ
क्षतविक्षत भएको छ राष्ट्रको माटो
बाढी पहिरो र जलवायु परिवर्तनले
महँगी सगरमाथासँग प्रतिष्पर्धामा छ
व्यभिचार र भ्रष्टाचार
उन्मुक्त साँढे भएका छन्
सबैतिर अराजकता बढेको छ
सरकार बिस्तारै कमजोर हुँदै छ
तिम्रो तौलियाको मङ्गलदोसले
सरकार बिकलाङ्ग हुँदैछ
कता कता हेरोस् सरकार
तिम्रो तौलिया हेरोस् कि
जनजिविकाको सवाल हेरोस्
त्यसैले,
ए जनताका सेवकहरू हो
ए राष्ट्र सेवकहरू हो
नराख तौलिया कुर्सीमा ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भागिसकेको साँढे

भागिसकेको साँढे

प्रशान्त खरेल
चम्चाहरूदेखि सावधान

चम्चाहरूदेखि सावधान

प्रशान्त खरेल
मुस्कानको भाषा

मुस्कानको भाषा

प्रशान्त खरेल
यो शहरमा ?

यो शहरमा ?

प्रशान्त खरेल
समाजवादी ठिटो

समाजवादी ठिटो

प्रशान्त खरेल
जय सियारामजी कि

जय सियारामजी कि

प्रशान्त खरेल
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x