साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय सियारामजी कि

उसका अनुसार हत्या, व्यभिचार र भ्रष्टाचार - जय सियारामजी कि निरंकुशता, शोषण र अत्याचार - जय सियारामजी कि न्याय, नैतिकता र सदाचार - जय सियारामजी कि...

Nepal Telecom ad

म भन्छु
महङ्गीले जनताको ढाड कुप्रि सक्यो
जनताले हातमुख जोर्न नसक्ने अवस्था छ
ऊ भन्छ
पोलियो लाग्यो कि पक्षघात भयो ओखतीले हुँदैन
त्यसैले भक्तिसाथ बोलौं जय सियारामजी कि

म सोध्छु
बेथिती र बिसङ्गती माथि निर्मम प्रहार भएर
सुसंस्कृत र सभ्य समाजको निर्माण कहिले हुन्छ
ऊ भन्छ
थिती, सभ्यता र संस्कृति सुधार्न प्रभुको शरणमा जाउँ
त्यसैले जोडसँग भनौं जय सियारामजी कि

म सम्झाउँछु
जनताको रक्षा, शिक्षा, स्वास्थ्य र रोजगारीको प्रवन्ध
एकमात्र लक्ष्य र कार्यक्षेत्र हुनुपर्दछ
ऊ भन्छ
चराचर जगतको रक्षा र पालनपोषण गर्ने
उनै प्रभुलाइ पुकारौं जय सियारामजी कि

उसका अनुसार
हत्या, व्यभिचार र भ्रष्टाचार – जय सियारामजी कि
निरंकुशता, शोषण र अत्याचार – जय सियारामजी कि
न्याय, नैतिकता र सदाचार – जय सियारामजी कि
माया, ममता र आदरसत्कार – जय सियारामजी कि
सुख, समृद्धि र परिस्कार – जय सियारामजी कि…

(पाठकगण, यसमा प्रस्तुत ऊ को होला ? स्वविवेकमा निणर्य गर्नुहोला । )

०००
गौरादह, झापा
हाल, गोकर्णेश्वर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भागिसकेको साँढे

भागिसकेको साँढे

प्रशान्त खरेल
चम्चाहरूदेखि सावधान

चम्चाहरूदेखि सावधान

प्रशान्त खरेल
मुस्कानको भाषा

मुस्कानको भाषा

प्रशान्त खरेल
यो शहरमा ?

यो शहरमा ?

प्रशान्त खरेल
समाजवादी ठिटो

समाजवादी ठिटो

प्रशान्त खरेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x