साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार खितखित

मैले आशिर्बाद दिँदै भने- भाग्यमानी भएस् ! चाँडै बिहे गरेस् । ऊ पनि मुस्कुराउँदै धन्यबाद भन्दै आफ्नो बाटो लागिन् ।

Nepal Telecom ad

१.
२०४९ सालमा म झ्याईंकुटी हास्यव्यङ्ग्य पत्रिका प्रकाशन गर्थे । त्यसबेलाको जल्दोबल्दो प्रगतिशील साहित्यकारले खोलेको पसलमा पनि पत्रिका विक्री गर्न दिन्थे । झ्याइँकुटीलाई दार्जिलिङ, सिक्किमतिर पत्रिका पुर्‍याइदिन्छु, ३०% कमिसन दिने हो ? भनेर मलाई सोध्नुभयो । मैले हुन्छ भने । त्यसबेला त्यो कमिसन एकदमै धेरै नै थियो ।

दार्जिलिङ, सिक्किमतिर पत्रिका पुर्‍याईदिन्छु भन्दै काठमाडौंमा बेचेर सक्दा रहेछन् भन्ने कुरो उनै साहित्यकारको पसलमा काम गर्ने मेरो मिल्ने साथीबाट थाहा पाएँ ।

साथीको कुरा सुनेर म त हेरेको हेर्यै भएँ ।

२.
हास्यव्यङ्ग्य समाज नेपालले २०४९ सालमा प्रकाशित भएका गाईजात्रा पत्रिका विशेषाङ्कलाई पुरस्कृत गर्ने घोषणासँगै झ्याईंकुटी पत्रिकाले तेश्रो पुरस्कार उछिट्याउन सफल भयो ।

पुरस्कार वितरण समारोहमा तीनजना मन्त्रीहरू नआएपछि नेपाल टेलिभिजनको टोली एक घण्टा कुरेर कार्यक्रमै नखिची त्यसै फर्कियो । त्यहाँ उपस्थित भएका मध्येबाट एकजनालाई प्रमुख अतिथि बनाइयो र उहाँकै हातबाट नगद सहित प्रमाणपत्र पाउन सफल भएँ ।

टेलिभिजन त्यसै फर्केर गएको झोंकमा बाटोमा झ्याईंकुटीका संपादक माणिकरत्न शाक्यले पाएको प्रमाणपत्र कथाकार सुनिल सापकोटालाई समाउन दिएर आफ्नो अनुहारमा आफैले लोप्वा ख्वाउँदै भन्यो- ई ….खा ! हेरिस् टेलिभिजनमा आफ्नो अनुहार !

३.
एउटी केटी मोवाईल चलाउँदै बाटोमा हिंडिरहेकी थिइन् । उनको ताल देख्दा मसँग ठोक्किने संभावना ज्यादा थियो । छल्नलाई ठाउँ पनि थिएन । त्यही भएर मैले तथास्तुको पारामा दाहिने हात उठाएर बसें । तिनी मेरो हातमा आएर ठोक्किइन् । मैले आशिर्बाद दिँदै भने- भाग्यमानी भएस् ! चाँडै बिहे गरेस् । ऊ पनि मुस्कुराउँदै धन्यबाद भन्दै आफ्नो बाटो लागिन् ।

४.
म बाँडा भएर पनि बैंकको जागिर खाएर हिंड्यो, सुनको काम गरेन भनेर एकदिन घरमुलीको अगाडि नै दाइले प्याच्चै भन्नुभयो- यसले दोवाटोमा वटुको थापेर माग्न बस्छ ।

त्यसो भन्ने दाइसँग एकदिन भेटमा मैले ठट्टा गर्दै भनें- उहिले तपाईंले मलाई दोवाटोमा बटुको थापेर माग्न बस्छ भन्नुहुन्थ्यो, त्यो दिन कहिले आउँला दाइ ! आजसम्म त आएको छैन ।

दाइले हाँस्दै भन्नुभयो- मैले त्यसो पो भनेँ, तिमीलाई सबैले पत्याउने खाले मान्छे बनोस् भनेर मैले त्यसो भनेको थिएँ, तिमी मान्छे बन्यौ । बल्ल मेरो इच्छा पूरा भयो ।
दाइको कुरा सुनेर म त ट्वाल्ल परें ।

०००
सरस्वतीनगर, चावहिल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x