साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वर्तमानका बा आमाहरू

छैनन् सन्तति आलिशान घरले, भित्री खुशी दिन्छ र ? छैनन् सन्तति रत्नले र धनले, आनन्द अग्लिन्छ र ? बा आमा घर बस्दछन् सडकमा, आँखा बिछाई कन, पक्कै सन्तति आउँछन् अब भनी, गाला रुझाई कन ।

Nepal Telecom ad

रोगी वृद्ध अशक्त छन् महलमा, बाबा र आमा दुवै
पाल्छन् स्वप्न सदा अझै नयनमा, रङ्गीन मीठा खुबै
पक्षाघात भई बुबा शिथिल छन्, आमा चिनीयुक्त छन्
छन् सन्तान विदेशका शहरमा, ती वेदनामुक्त छन् ।१

आफ्ना कष्ट र पीरका विषयमा, आमा बुबा मौन छन्
चिन्ता सन्ततिको लिँदा हर घडी, आफ्ना व्यथा गौण छन्
छोरा नाति विदेशमा घर किनी, बस्छन् कमाई कन
मस्ती खूब जमाउँछन् अनि उहीँ, डुल्छन् रमाई कन ।२

पैसा मात्र पठाउँछन् तर यहाँ, ती आउँदैनन् कसै
गर्छन् काम हजार नफर्कनि यहाँ, ती भ्याउँदैनन् कसै
हीराका र सुवणर्का पसल छन्, पैसा छ अर्बौं तर
बा आमा घर छन् र हेर्न कहिल्यै, ती आउँदैनन् घर ।३

छन् ब्याङ्कै भरी लाख लाख रुपयिाँ, के गर्नु त्यो सम्पदा ?
बा आमासँग दुःख दर्द कति छन्, छन् चोटिला आपदा
गर्छन् नित्य कुरा उनै विगतका, सम्झेर सन्तानका
भुल्छन् पीर गरेर याद तिनका, सम्मानका शानका ।४

छैनन् सन्तति आलिशान घरले, भित्री खुशी दिन्छ र ?
छैनन् सन्तति रत्नले र धनले, आनन्द अग्लिन्छ र ?
बा आमा घर बस्दछन् सडकमा, आँखा बिछाई कन
पक्कै सन्तति आउँछन् अब भनी, गाला रुझाई कन ।५

लाग्छन् मात्र युगौँ समान महिना, पर्खाइका कारण
बा आमा अती गर्दछन् हृदयमा, सन्तानको धारण
बित्छन् वर्ष र बत्ति छन् जब दुवै, बाबा र आमाहरू
फर्कन्छन् तब गर्न मात्र किरिया, सन्तान-शाखाहरू ।६

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहिले सम्म हो हुने ?

कहिले सम्म हो हुने...

कृष्णशरण उपाध्याय पाैडेल
हुन् बाबु आमा भगवान् समान

हुन् बाबु आमा भगवान्...

कृष्णशरण उपाध्याय पाैडेल
गधा

गधा

कृष्णशरण उपाध्याय पाैडेल
चम्चा हुनू केवल

चम्चा हुनू केवल

कृष्णशरण उपाध्याय पाैडेल
त्यो देश को नाम के ?

त्यो देश को नाम...

कृष्णशरण उपाध्याय पाैडेल
आँखै निकाल्नू अब

आँखै निकाल्नू अब

कृष्णशरण उपाध्याय पाैडेल
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x